सेन्ट लरेन्स कलेजका थप एक शिक्षक पक्राउ

सेन्ट लरेन्स कलेजका थप एक शिक्षक पक्राउ

काठमाडौं : यौन द्रुव्यवहारको आरोपमा सेन्ट लरेन्स कलेजका थप एक शिक्षक पक्राउ परेका छन्। पक्राउन पर्नेमा सोही कलेजका अर्का शिक्षक राजनकुमार पौडेल रहेका छन्।

काठमाडौंको चावहिलस्थित सेन्ट लरेन्स कलेजका संयोजक जर्नादन अधिकारी विद्यार्थीलाई यौन द्रुव्यवहार गरेको आरोपमा यसअघि नै पक्राउ परेका थिए। 

काभ्रेको भुल्लु गाउँपालिका स्थायी घर भएका अधिकारी सेन्ट लरेन्स कलेजमा समाजिक विषय अध्यायपन गराउँछन्। मंगलबार गौशाला प्रहरी बृत अगाडि उक्त कलेजका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले प्रर्दशन गरेका थिए।

 
प्रहरी वृत गौशालाका अनुसार उनीहरुविरुद्ध कक्षा ११ मा पढ्ने तीन जना विद्यार्थीले उजुरी दिएका छन्। अन्य दुई जनाले पनि आफूहरुमाथि द्रुव्यवहार  भएको बताएका छन्। पीडित विद्यार्थीले अभिभावकलाई घटनाको बारे बताएपछि मंगलबार उक्त घटना सार्वजनिक भएको हो।

पीडितका अनुसार शिक्षकले अनैतिकरुपमा छुने, आफ्नो घरमा बस्न भनेको मान्न र यौन सम्बन्धको लागि प्रस्तावसमेत राख्ने गरेका थिए।

पीडित युवतीको सहयोगमा सोही कलेजका विद्यार्थीहरुले दिनभर प्रहरी बृत गौशालामा प्रदशन गरेका थिए।

आन्दोलनरत विद्यार्थीका अनुसार ती शिक्षकले विभिन्न छात्राहरुसँग द्रुव्यवहार गर्दै आएका थिए।

कलेजका अर्का महिला कर्मचारीलाई पनि द्रुव्यवहार गरेको खुलेको छ।

उनीहरुका अनुसार शिक्षकहरुले यौन द्रुव्यवहार गर्ने र कसैलाई भनिस भने रेष्टिकेट गरिदिन्छु भन्दै धम्काउने गरेको उजुरीमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.