मटिहानीका मेयरको पहिलो निर्णय : बारुणयन्त्र किन्ने, छात्रालाई साइकल बाँड्ने

मटिहानीका मेयरको पहिलो निर्णय : बारुणयन्त्र किन्ने, छात्रालाई साइकल बाँड्ने

काठमाडौं : सांस्कृतिक, धार्मिक तथा पौराणिक नगरी महोत्तरीको मटिहानी नगरपालिकामा नवनिर्वाचित मेयर हरिप्रसाद मण्डलले बारुणयन्त्र खरिद गर्ने पहिलो निर्णय गरेका छन्। बुधबार पदभार ग्रहण गर्दै उनले नगरभरिका कक्षा ११ का छात्रालाई साइकल वितरण गर्नेसमेत निर्णय गरेका हुन्। 

विद्यालय आउजाउ गर्न छोरीहरुको सहजताका लागि साइकल खरिद गरेर वितरण गर्ने मेयर मण्डलले बताए। मटिहानी नगरकार्यपालिकाको कार्यालय धिरापुरमा मिथिलाको लोकबाजा ढोलपिपहीको धुनमा मंगलगान गाउँदै मेयर मण्डललाई नगरपालिका परिवारले स्वागत गरेका थिए। देशकै जेठो ३०४ वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालयका बटुकहरुले स्वस्तिक वाचन गर्दै नवनिर्वाचित जनप्रतिनिधिको सफल कार्यकालको कामना गरेका थिए।

मटिहानीलाई देश तथा विदेशमा चिनाएका कारण उनी दोस्रोपटक मेयरमा जनताबाट अनुमोदित भएर आएका छन्। पहिलो कार्यकालमा विकासमा काम गरेर जनता माझ राम्रो छवि बनाएका उनले बैशाख ३० को स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका तर्फबाट ४ हजार ३ मत ल्याएर मेयर पदमा विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका मोहम्मद मुजिबुल रहमानले २ हजार ६७४ मतमा सीमित भएका थिए।

उनले अबको पहिलो कार्यकालमा अधुरा रहेका कामकाजलाई पूरा गर्ने योजनामा रहेको सुनाए। विशेष गरेर शिक्षा, स्वाथ्य र कृषि क्षेत्रको कामलाई प्राथमिकतामा राख्ने योजना निर्माण गरेर काम गर्ने उनले बताए।

‘मसँग भिजन छ, सोच छ अनि मनमा आँट छ। त्योसँगै आत्मविश्वास पनि छ। म आफ्नो भिजनभन्दा जनताको भिजन, आवश्यकता अनुसारको विकासको कामलाई पहिलो प्राथमिकतामा राखि मटिहानीमा विकासको लहर ल्याउँछु’, पदभार ग्रहण गर्दै उनले भने, ‘नगरभित्रको सडकलाई प्रदेश र संघीय सरकारको सहयोगमा दुई लेन, चार लेनको पक्की तथा कालोपत्रे सकड बनाउँछु। ’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.