सिरहा कांग्रेसमा गठबन्धनको राजनीति : मधेस प्रदेशका महामन्त्री एकातिर, स्थानीय संगठन अर्कोतिर

सिरहा कांग्रेसमा गठबन्धनको राजनीति : मधेस प्रदेशका महामन्त्री एकातिर, स्थानीय संगठन अर्कोतिर

सिरहा : सिरहा नगरपालिकामा नगर कार्यपालिका सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट दुईतिर गठबन्धन देखिएको छ। मधेस प्रदेशका महामन्त्री उपेन्द्र यादवले एमालेसँग गठबन्धन गरेको छ भने नगर कार्यसमितिले जसपा, नेकपा एससँग गठबन्धन गरेको छ। 

आइतबार भएको निर्वाचनमा कार्यपालिका सदस्यमा जसपा, नेकपा एस र कांग्रेसका नगरसमितिले गरेको गठबन्धनले विजयी भएको छ। एमाले र कांग्रेसका अर्को समूहले गरेको गठबन्धन पराजित भएको छ। 

८ कार्यपालिका सदस्यमा कांग्रेसका इन्द्रादेवी कर्ण ६७, हिरावती राय कुर्मी ६६, रामबली मुखिया ६५, जसपाका तारादेवी सदा ९५, शोभादेवी यादव ६५, अनिलकुमार कर्ण १०१ र नेकपा एसका रामकाशी देवी यादव ६४, रविन्द्रकुमार साह ६३ मत ल्याएर विजयी भएको छ।

महामन्त्री उपेन्द्र यादवले उठाएको कांग्रेसका उम्मेदवार दिनेशकुमार साह ४१ मत र रामएकवाल दास ६ मत मात्रै प्राप्त गरेको छ। एमालेका उम्मेदवारहरु इन्द्रजित भण्डारी ४०, धनेश्वरीदेवी तत्मा ४२, परमेश्वरीदेवी खत्वे ४०, पुनमदेवी दास ४० र मिनादेवी मण्डलले ४० मत ल्याएका छन्। 

२२ वडा रहेको यस नगरपालिकामा मेयर, उपेयर र ७ वडाअध्यक्षसहित ३५ जना एमाले, ४ वडासहित २४ जना कांग्रेस, ४ वडासहित २२ जना जसपा, ४ वडासहित २१ जना नेकपा एस, १ सहित ५ जना माओवादी र १ वडासहित ५ स्वतन्त्रका जनप्रतिनिधिसहित ११२ जना निर्वाचित भएका थिए।  

यहाँ महामन्त्री यादव कांग्रेसबाट मेयरमा पदमा चुनाव लडेका थिए। उनी एमालेका डा. नविन यादवसँग ठूलो मतान्तरले पराजित भए। कार्यपालिका सदस्यका लागि कांग्रेस नगर कार्यसमितिले जसपा र नेकपा एससँग गठबन्धन गरेर उम्मेदवार टुङ्गो लगाएको थियो। तर, प्रदेशबाट महामन्त्री यादवले स्थानीय स्तरबाट निर्णय भएको भन्दा फरक व्यक्तिको नाममा टिकट ल्याएका थिए। 

फेरि कांग्रेसको नगर, प्रदेशसभा र क्षेत्रीय कार्यसमितिले अर्को टिकट ल्याएर गठबन्धनको आधारमा उम्मेदवारी दर्ता गराएका थिए। त्यसपछि महामन्त्री यादवले आफैँ पत्र लेखेर आधिकारिक उम्मेदवार बारे निर्वाचन अधिकृतलाई पठाएका थिए। अर्कोतिर नगरसभापति अषिशलाल यादवले पनि अर्को पत्र लेखेर आधिकारिक उम्मेदवारबारे पत्र लेखेका थिए।

एमालेसँग कार्यपालिका सदस्यका लागि गठबन्धन गरेको विषयमा प्रतिक्रिया माग्दा सबै कुरा जिल्ला सहसचिव रामबाबु यादवलाई थाहा रहेको भन्दै पन्छिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.