सप्तरीमा रामसु्न्दर महतो हत्या प्रकरण : साथीपछि मृतककी श्रीमती पनि पक्राउ

सप्तरीमा रामसु्न्दर महतो हत्या प्रकरण : साथीपछि मृतककी श्रीमती  पनि पक्राउ

राजविराज : सप्तरीमा हत्याको आरोपमा मिल्ने साथी पक्राउ परेको एक महिनापछि मृतककी श्रीमती पक्राउ परेकी छन् । 

सप्तरीको बिष्णुपुर गाउँपालिका–५ कट्टी टोल बस्ने ५२ वर्षीय रामसुन्दर महतोको हत्या आरोपमा उनकी श्रीमति इनरवती महतो पक्राउ परेकी हुन् ।

 एकमहिना अघि वैशाख २३ गते मृतकका मिल्ने साथी सप्तरीको रूपनी गाउँपालिका–१ रूपनी चौकका ३८ वर्षीय मो. नसिर भनिने नजिर मियाँ पक्राउ परेका थिए । 

इनरवती घटनालगत्तै पक्राउ परेर छुटेकी थिइन् । अहिले पुनः पक्राउ गरी अदालतबाट म्याद थप गरिएको सप्तरी प्रहरीले जनाएको छ । मोबाइल फोनको कल डिटेल्स (सिडिआर) रिपोर्टको आधारमा प्रहरीले इनरवतीसहित मदिरा पसले, कार्यक्रममा नाचगान गर्ने युवतीलाई घटना लगत्तै नियन्त्रणमा लिएको थियो । 

उतिबेला ठोस प्रमाणको अभावमा बयान लिएर छाड्नु परे पनि हाल इनरवतीलाई पक्राउ गरेर कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले बताए ।

‘पर्याप्त प्रमाण विना मतियार, सहयोगीलाई अदालतमा पेश गर्दा शंकाको लाभमा धरौटीमा छुट्न सक्ने अवस्था हुन्थ्यो,' डीएसपी काफ्लेले भने, ‘इनरवती धरौटीमा छुटेपछि मुख्य अभियुक्त समेत अदालतमा हाजिर भई सोही आधारमा छुट्ने अवस्था हुन सक्थ्यो, तसर्थ पहिले मुख्य अभियुक्त पक्राउ गरेर मृतककी श्रीमतीलाई पुनः पक्राउ गरेका हौं ।’

नजिरलाई पक्राउ गर्न मृतककी श्रीमतीलाई तत्काल छाडिएको आरोपितहरूले चाल पाएनन् । इनरवती छुटेपछि प्रहरीले उनको खोजिकार्य गरिरहेको मियाँले चाल पाएका थिए । त्यसपछि मियाँ भारतको विहारमा गई लुकेर बस्न थाले ।

 प्रहरीले पक्राउ गर्न र उजुरी दर्ता गर्न खोजी रहेको थाहा पाएका मियाँले भारतबाटै एसपीसँग फोनमा हत्या स्वीकार्दै आफूलाई पक्राउ गर्न चुनौति दिएका थिए । भारतमा लुकेर बसेका कारण प्रहरीले मियाँलाई पक्रन सकिरहेको थिएन् । सप्तरी प्रहरीले भारतीय प्रहरीलाई यसबारे जानकारी गराएर सहयोग भने मागेको थियो । 

स्थानीय तहको निर्वाचन नजिकिएपछि उम्मेदवारहरूलाई सहयोग गर्ने बहानामा राजनीतिक सरंक्षण लिएर नेपाल भित्रिएको सूचना पाएको सप्तरी प्रहरीले नेपाल–भारत सिमा नजिकै बोदे बर्साइन नगरपालिकाबाट मियाँलाई पक्राउ गरेको थियो । 

उता प्रहरीले अनुसन्धान गरेपश्चात छुटेकी र घरमै बसिरहेकी इनरवती आफूमाथि प्रहरीको शंका नरहेको भन्दै ढुक्क थिइन् । 

मियाँ र डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरका ३० वर्षीय रोशन साह महतोले नै महतोको हत्या गरेको र इनरवतीको समेत संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ । महतो बिहेको लगनका बेला हुने भोजभतेरमा खाना पकाउने काम गर्थे भने अरु बेला तरकारी बिक्री गर्थे ।

आरोपित मियाँ भने जनतान्त्रिक तराई मुक्ती मोर्चा गोईत समूहमा आवद्ध थिए । विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिहरूलाई फोन गरी धम्काई चन्दा असुली गर्ने कार्यमा सरिक रहन्थे । बिष्णुपुर गाउँपालिका–७ बाट २०७४ जेठ १३ गते एक थान पेस्तोल र गोईत समूहको जनतान्त्रिक तराई मुक्ती मोर्चाको पर्चा पम्प्लेटसहित पक्राउ परेका मियाँ जरिवाना तिरेर ९ महिनापछि जेलबाट रिहा भएका थिए । 

मियाँ अवैध लागुऔषध व्यापार गर्ने, लुकाई छिपाई हतियार बोकी हिँड्ने र जनमानसमा डर त्रासको वातावरण सृजना गर्ने अपराधिक समूहका व्यक्ति हुनुका साथै गाँजाका अम्मली पनि रहेको डीएसपी काफ्लेको भनाइ छ ।
गाँजाकै संगतले महतोसँग मियाँको मित्रता बढेको थियो । मोर्चाको गतिविधि लुकिछिपी गर्न उनले महतोको घरलाई बस्ने आश्रयस्थलका रूपमा प्रयोग गर्थे । यसै क्रममा मियाँ र इनरवती नजिकिएका थिए ।  

असोज ८ गते बिहान आरोपित मियाँ र साह महतोको घर पुगेको महतोकै छोरा जितेन्द्र बताउँछन् । मियाँले उनको गाउँटोलमा भोज छ भनी खाना बनाउने कामका लागि महतोलाई लिएर गए । भोजका लागि लैजाने र जाने तीन दिनसम्म सम्पर्कविहिन भएपछि घरपरिवारका सदस्यहरू खोजी गर्न थाले ।

अर्कोतिर सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित खाँडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा असोज ९ गते पहिचान नखुलेको शव फेला परेको थियो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहमा सनाखतका लागि शव पोष्टमार्टम नगरी राखिएको थियो । वेवारिसे शवको बारेमा जानकारी पाएर पुगेका मृतक महतोका दाजु मधुसुदन महतोले भाईले लगाएको कपडा र घाँटीमा लगाएको रुद्राक्षको माला देखे ।

असोज ११ गते शवको पहिचान खुल्यो र सनाखत भयो । महतोलाई घरबाटै लैजाने मियाँ र साह बेपत्ता थिए । उनीहरूले नै हत्या गरेको हुन सक्ने मधुसुदनले बताएपछि प्रहरीले आरोपितहरूको खोजी गर्न थाल्यो । हत्या घटनामा नजिर र इनरवती पक्राउ परेको र साहको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.