जिसस सप्तरीको प्रमुखमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी

जिसस सप्तरीको प्रमुखमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी

राजविराज : जिल्ला समन्वय समिति सप्तरीको प्रमुख पदका लागि नेपाली कांग्रेसबाट २ जनाको उम्मेदवारी परेको छ।

नेपाली कांग्रेसबाट शिवनारायण साह र गुञ्जेश्वर प्रसाद संतले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। दुबै जनाले पार्टीको टिकटबाटै मनोनयन दर्ता गराएकाले पार्टीले आधिकारिकता दिने व्यक्ति नै आधिकारिक उम्मेदवार बन्ने मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताए। प्रमुख पदका लागि जनता समाजवादी पार्टी, नेपालबाट छेदी अरगरिया यादवले उम्मेदवारी दिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपप्रमुख पदका लागि नेकपा (एमाले)बाट देवकान्त चौधरी र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट शम्भु कुमार यादवले मनोनयन दर्ता गराएका छन्।

यसैगरी ३ खुल्ला सदस्य पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्। जनता समाजवादी पार्टीबाट अबधेश मुखिया, नेपाली कांग्रेसबाट जागेश्वर यादव, नेकपा (माओवादी केन्द्र)बाट गुल्टेन यादव, जनमत पार्टीबाट बुद्धिलाल चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सत्यनारायण मण्डल तथा नेकपा (एमाले)बाट जानुद्दिन मियाँ चुरौटे र रविन्द्रनाथ चौधरीले मनोनयन दर्ता गराएका छन्।

महिलातर्फ ३ पदको लागि ६ जनाले मनोनयन दर्ता गराएका छन्। जनता समाजवादी पार्टीबाट आशा देवी झा, आशा कुमारी तामाङ, नेपाली कांग्रेसबाट रन्जिता कुमारी चौधरी, नेकपा (एमाले)बाट बैजनाथ देवी थरुनी, जनमत पार्टीबाट धनवती देवी सरदार र नेकपा (एकीकृत समाजवादी)बाट सविता कुमारी साहले उम्मेदवारी दिएका छन्।

दलित अल्पसङ्ख्यकतर्फ १ पदका लागि २ जनाले मनोनयन दर्ता गराएका छन्। जसपाबाट वलदेव सरदार र एकीकृत समाजवादीबाट बौरही भगतले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जिल्ला समवन्य समिति सप्तरीको निर्वाचनका लागि आगामी आइतबार मतदान कार्यक्रम रहेको छ। निर्वाचनमा ३६ जना मतदातामध्ये नेपाली काँग्रेसको १२, जसपाको ८ लोसपाको ५, एमालेको ४ तथा जनमत, माओवादी र नेकपा (एकिकृत समाजवादी) को २/२ मतदाता छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.