४५ यात्रु बोकेर काठमाडौं उडेको यती एयरको एउटा इन्जिन फेल, उडेको ६ मिनेटमै पोखरा फर्कियो
![४५ यात्रु बोकेर काठमाडौं उडेको यती एयरको एउटा इन्जिन फेल, उडेको ६ मिनेटमै पोखरा फर्कियो](https://annapurnapost.prixacdn.net/media/albums/Pokhara_Airport1_20220729104451_BzoVUr5lBo.jpg)
पोखरा : पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको जहाज एउटा इन्जिन फेल भएर फेरि पोखरै फर्किएको छ । शुक्रबार बिहान ८ : ५५ बजेपछि उडेको उक्त जहाजले धानवमार्ग छोड्नासाथै एउटा इन्जिन फेल भएको संकेत दिएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए ।
‘केही समस्या भइहाले नजिकैको एयरपोर्टमा ल्यान्ड गर्ने भन्ने हुन्छ, त्यो जहाज पोखरै ल्यान्ड भयो,’ सुवेदीले भने । जहाजमा ४५ यात्रु थिए । सुवेदीका अनुसार ६ मिनेटमै जहाज पोखरा विमानस्थल फर्किएको थियो ।
‘कुनै जहाजमा समस्या भए अवतरणका लागि प्राथमिकता दिने भन्ने हुन्छ,’ उनले भने । अरुको उडान, अवतरणभन्दा पहिला त्यही जहाजलाई प्राथमिकता दिएर अवतरण गराइएको सुवेदीले जानकारी दिए । नाइन एन एएनजी कलसाइनको जहाजमा त्यस्तो समस्या आएको हो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)