उज्यालोमा लेनिनको सालिक

उज्यालोमा लेनिनको सालिक

आँसुको मूल्य छैन जहाँ अहिले

त्यहाँ नगद नारायणको सालिक बनेको छ
आँसु ओभाउन नपाउँदा
गालामा भिजेका टाटाहरू देखिन्छन्
मालिकको कमिसन नमिल्दा
मल नपाएर सुकेको माटो
चिरिएको गालाजस्तै चाउरी परेको
नगद नारायण देख्ने बित्तिकै
हर गढमा धावा बोल्नेहरू
गमलामा धान उमार्न
धावनमार्गका लागि 
आकाश मार्गबाट र्‍याल चुहाइरहेका छन्।

लोभलाग्दो त्यो हरियो जंगल हेरेर
झुटको पुलिन्दा खोलिरहेका छन्
नबने अर्बौंको मुलुकलाई नोक्सान हुने भन्दै 
धावनमार्ग बनोस् या नबनोस्
अर्बौंको लकडी धावन गरेर खान 
आकाश पाताल जोडिरहेका छन्
अनि सातो उडेको बालकजस्तो
टोलाइरहेको अदालत
मुर्दाको एक जोर आँखा लिएर 
हेरिरहेको छ बाँझो हँुदै गएको मुलुक
र, ठडिएको मालिकको सालिक।

पर्यावरण ध्वस्त हुने 
जीव जनावरको बासस्थान हरिने
त्यो बिचल्लीमा लट्ठिएका आँखाहरूले
शेरभर पेय पदार्थमा ठठ्ठिएका आँखाहरूमा
सम्मिलनको बिन्दु फेला पारेको छ
नयाँ समाजवादी रूपान्तरणको
अनि हारेको यो मुलुकको
लुटिएको अस्मिता 
आफ्नो सतीत्व रक्षा गर्नेले नै
बम्बईमा बेचिएकी चेलीसरह
लाचार, निरीह र अस्तित्व बोधको खोजीमा
भौतारिएर थाकेकी ऊ
गाउँको वरपीपलको बोटमुनि
चौतारीमा सुतेकी ऊ बुद्धु भएर
बोधिवृक्ष मुनि सुतेका बुद्ध जसरी
ब्युँझाइदियो त्यो बाजागाजाको लर्कोले
र, भन्यो– भोट हाल्न जाम विकासको लहर ल्याउन
कसले ल्याउने भनेर सोध्दा,
भने– माथवरीले 
जसले उसलाई बेचेको थियो
एक पाउ दारुमा

बाचुन्जेल दारुले लट्ठिएका आँखामा अटाएको मुलुक
मरेपछि सालिकले समेटेको सपना
सालिक बन्छन्, भत्किन्छन् 
फेरि बन्छन्, फेरि भत्किन्छन्
किन बन्छन् ? किन भत्किन्छन् ?
बोल्सोभिक क्रान्ति नेतृत्व गर्ने
कार्लमाक्र्सको सिद्धान्तमा 
संगठनात्मक संरचना बनाउने
बिचरो बुढो लेनिनको तस्बिर झुन्ड्याएर
कर्मकाण्डको खीर खाइरहेका छन्।

माक्र्सको कर्मकाण्ड गर्ने मठाधीशहरू
प्राय सबैतिर लुटिरहेका छन् 
अयोध्यामा मठाधीशहरूले 
रामको तस्बिर झुन्ड्याएर अपराध गरेजस्तै
के गर्दैनन् तिनले– लुट, बलात्कार, हत्या, तस्करी
तर मन जितेका छन्
त्यो समाधियुक्त जटाधारी अनुहार देखाएर
त्यसैले भक्तजन बढिरहेको छ
भजनको कर्मकाण्ड सकियो
फालिदिन्छन् त्यो जटा
आफ्नो स्वरूपमा अपराधमा जुट्छन्
अपराधको धन्धा चलिरहेको छ
अयोध्यामा मात्र किन सबैतिर गरिरहेका छन्
राम रहिम र आशाराम सबतिर छन्
हाम्रो मुलुकमा झन् राजनीतिमा छन्।

बिचरो बूढो लेनिन !
उसका सालिकहरू लडिरहेका छन्
तर अझै ठडिएको छ रसियामा
सेन्ट पिटर्सबर्गको फिनल्यान्डमा
कति आक्रमण सहेर, कति ढुंगामुडा खाएर
चलनी बनेको छ त्यो बूढो शरीर सर्वत्र प्वालहरू परेर।

विश्वमा जताततै ढलिरहेका छन्
किभमामा ढल्यो, युक्रेनमा ढल्यो
कहाँ लडेन र ?
तर दिल्ली र कोलकोतामा लडेन
लडेकाहरू जताततै ढलेर फालिए
तर लन्डनमा फालिएन
अझै सजिएको छ इस्लिङ्टनको म्युजियममा
सग्लो हेर्न दक्षिणी ध्रुव नै पुग्नु पर्छ ।

अमेरिकाले बनाइदिएको
कबाडीखानाबाट पनि उठाएर ल्याए अमेरिकामा
सियाटल सहरमा बिक्रीका लागि
ढलेको सालिक एउटा यसरी उठ्यो
बाँच्नेहरूको रोजीरोटीको के सीमा हुन्छ र ?
हाय ! खरिददार अहिलेसम्म यसले पाएन।

प्रकाशको उज्यालोमा लेनिनको सालिक
यहाँ किन नबनेको
पछि ढल्नु त पर्ने नै हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.