विराटनगरमा प्रदेशस्तरीय 'मिल्स भेट्रान्स गोल्डकप-२०७९'

विराटनगरमा प्रदेशस्तरीय 'मिल्स भेट्रान्स गोल्डकप-२०७९'

विराटनगर : मोरङको विराटनगरमा प्रदेशस्तरीय सन्ध्याकालीन 'मिल्स भेट्रान्स गोल्डकप-२०७९' हुने भएको छ।

मिल्स भेट्रान्स क्लबको आयोजनामा आउँदो असोज १ गतेदेखि विराटनगर-१६ स्थित जुट मिल्स खेल मैदानमा गोल्डकप हुने भएको हो। 

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले गोल्डकपबारे जानकारी दिएको हो। गोल्डकपमा आयोजकका दुईसहित मोरङ, सुनसरी र झापाका ११ वटा टिमहरूको सहभागिता हुने जनाइएको छ। 

असोज १० गतेसम्म चल्ने गोल्डकप दिउँसोको ३ बजेबाट सुरु हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार खेल कुल ७० मिनेटको हुनेछ।

गोल्डकपका विजेताले ५१ हजार १११ र उप-विजेताले ३१ हजार १११ रुपैयाँ नगद पुरस्कारसहित मेडल र ट्रफी समेत प्राप्त गर्नेछन्। 

मिल्स भेट्रान्सले यसअघि भने नगरस्तरीय गोल्डकप प्रतियोगिता आयोजना गर्दै आएको थियो। 

आउँदो असोज १ गतेदेखि विराटनगरमा हुने प्रदेशस्तरीय मिल्स भेट्रान्स गोल्डकप जानकारी दिन आयोजित पत्रकार सम्मेलन। तस्बिर : राकेश कर्ण
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.