बझाङ कांग्रेसमा भाँडभैलो, गठबन्धनको पक्ष र विपक्षमा विज्ञप्ति नै विज्ञप्ति

बझाङ कांग्रेसमा भाँडभैलो, गठबन्धनको पक्ष र विपक्षमा विज्ञप्ति नै विज्ञप्ति

बझाङ : नेपाली कांग्रेस जिल्ला कार्य समिति बझाङले सोमबार एक विज्ञप्ति प्रकाशित गर्‍यो। 

कांग्रेस जिल्ला सभापति खडक बोहराद्वारा हस्ताक्षरित त्यस विज्ञप्तिमा भनिएको थियो 'जिल्लाभरका कांग्रेसका कार्यकर्ता तथा मतदाताबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै बझाङ कांग्रेसले माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग मित्रवत प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने व्यहोरा अवगत गराइन्छ।'

त्यसको भोलिपल्ट मंगलबार प्रदेशसभा क्षेत्रीय कार्यसमिति प्रदेशसभा क्षेत्र नम्बर 'क' का सभापति पुस्कल बोहराद्वारा अर्को विज्ञप्ति जारी भयो। 

त्यसमा लेखिएको थियो, 'बझाङको स्थानीय मतको परिणाम आधार पनि जनताको भावना अनुसार नेपाली कांग्रेस बझाङका कार्यकर्ता, मतदाता अहिले संघीय संसदको भूगोल नेपाली कांग्रेसको पक्षमा दलीय गठबन्धन हुनुपर्ने जोडदार माग गर्दछौं।'

मंगलबार नै यस्तै व्यहोराको अर्को विज्ञप्ति जारी भयो जसमा जयपृथ्वी नगर कमिटीका सभापति हिरेन्द्र छत्यालको  हस्ताक्षर थियो। 

त्यसयता कांग्रेसका विभिन्न कार्यसमिति र भ्रातृ संगठनहरूले केन्द्रकै नियमअनुसार गठबन्धन हुनुपर्ने माग राख्दै विज्ञप्ति निकाल्न थालेका छन्। 

यसले कांग्रेसभित्र एकमत नभएको र स्वार्थ केन्द्रित राजनीति भइरहेको प्रष्ट देखिन थालेको जयपृथ्वी नगर कार्यसमितिका सभापति हिरेन्द्र छत्यालले बताए। 

यस्तै नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति बझाङका अध्यक्ष दिपक भण्डारीले कांग्रेसभित्र मन मनका राजा रहेको भन्दै आक्रोश व्यक्त गरे। 

उनले कांग्रेसलाई आफूले पहिले नै अलग्गै लड्न सुझाव दिएको बताए। सामाजिक सञ्जालमा अहिले कांग्रेसका भिन्नभिन्न विज्ञप्ति एकै ठाउँमा राखेर अपरिपक्व निर्णय भन्दै आलोचना भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.