सुत्केरी बेथाले च्यापेकी आरती जब स्वास्थ्य चौकी पुगिन्, तब कर्मचारी हिँडे

सुत्केरी बेथाले च्यापेकी आरती जब स्वास्थ्य चौकी पुगिन्, तब कर्मचारी हिँडे

बझाङ : जिल्लाको सुर्मा-१ दौलीचौरका नर्जन बाहेरा बुधबार बेथाले च्यापेकी बुहारी आरती बोहरा लिएर नजिकैको दौलीचौर स्वास्थ्य चौकी पुगे। 

दिउँसो १ बजे स्वास्थ्य चौकी पुगेका उनीहरू केहीबेर बाहिरनेर बसिरहे। आरतीलाई सुत्केरी बेथाले च्याप्दै लग्यो। ससुरा नर्जन बोहराले दौलीचौर स्वास्थ्य चौकीमा कार्यरत अनमी हेमन्ती बोहरालाई गुहारे। 

अनमी बोहराले झन् सुत्केरी बेथाले च्यापेकी आरतीलाई 'अहिले व्यथाले च्यापेको छैन घर जानुस् पछि आउनु' भन्दै घर फर्काइन्। 

आरती र उनका ससुरा अनमीकै सल्लाह अनुसार घर फर्के। बेथाले झन् च्यापेपछि फेरि उनीहरू स्वास्थ्य चौकी पुगे। त्यो बेला स्वास्थ्य चौकीमा ताला लगाइएको थियो। 

अनमी बोहराको घर नजिकै भएकाले नर्जन बोहरा फेरि अनमी हेमन्ती बोहरा बोलाउन गए। आधा घण्टा ससुरा बुहारीले स्वास्थ्य चौकीमा पर्खे पनि अनमी बोहरा स्वास्थ्य चौकीमा आइनन्। 

प्रसव पीडाले झन् झन् च्याप्न थालेपछि आरती र ससुरा नर्जन दोधारमा परे। जिल्ला अस्पताल जाँदा उनीहरूलाई धेरै टाढा पर्थ्यो। 

सुर्मा गाउँपालिका र चैनपुर जोड्ने सडक पनि वर्षाका कारण बन्द थियो। गाउँ नजिक अर्को स्वास्थ्य संस्था नहुँदा उनीहरूले डेढ घण्टा टाढा स्वास्थ्य चौकी जाने निधो गरे। 

त्यतिबेला पौने ६ भइसकेको थियो। त्यहाँ उनीहरूले जीप भेटाए अनि सुर्मा स्वास्थ्य चौकी गए। त्यहाँ अनमी पन्चवटी बोहराले राति भए पनि निकै सहयोग गरिन्। 

राति करिब साढे ६ बजेतिर आरतीले छोरी जन्माइन्। ससुरना नर्जन बोहराले बल्ल लामो श्वास फेरेको अनुभव सुनाए। 

'स्वास्थ्यकर्मी पनि कोही भगवान् कोही राक्षस हुँदा रहेछन् हजुर। गाउँ नजिकै त्यत्रो समय बितायौं मतलव गरेनन्। यहाँ त रातारात मानवीय धर्म निभाए। अहिले नातिनी र बुहारीको अवस्था राम्रो छ', उनले भने।

दौलीचौर स्वास्थ्य चौकीका कर्मचारीको व्यवहारले आफूहरू आजित भइसकेको र यस बारेमा प्रहरी चौकी दौलीचौर र गाउँपालिकाका जनप्रतिनिधि कर्मचारीलाई जानकारी गराएको विर्जनले बताए। 

सुर्मा गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत चक्रप्रसाद जोशीले सुर्मा स्वास्थ चौकीकी अनमी हेमन्ती बोहराले गलत नै गरेको स्वीकार गरेका छन्। 

उनले यसअघि पनि यस्ता गुनासा आएका बताए। उनले अनमी बोहराका बारेमा आगामी कार्यपालिका बैठकमा छलफल हुने समेत बताए। 

सुर्मा-१ का वडाध्यक्ष दिनेश बोहराले शुक्रबार दुवै पक्षलाई राखेर छलफल गरेको र स्वास्थ्यकर्मीले आजका दिनदेखि यस्तो गल्ती नदोहोर्‍याउने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.