कर्णालीमा बाढीपहिरोको वितन्डा : मृतक ३५ पुगे, २० बेपत्ता

कर्णालीमा बाढीपहिरोको वितन्डा : मृतक ३५ पुगे, २० बेपत्ता

सिमकोट/दैलेख : एक सातादेखि निरन्तर वर्षाका कारण बाढीपहिरो चल्दा कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ। २० जना हराइरहेका छन्। कर्णालीका सुर्खेत र रुकुमपश्चिमबाहेक ८ जिल्लामा जनधनको क्षति भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) माधवप्रसाद श्रेष्ठले बताए। 

‘सबैभन्दा बढी जुम्लामा १० जनाको मृत्यु भएको छ’, प्रदेश प्रहरी प्रवक्ता श्रेष्ठले अन्नपूर्ण पोस्ट्सँग भने, ‘मुगुमा ८, कालीकोटमा ५, हुम्लामा ४, जाजरकोटमा ३, डोल्पामा २, सल्यानमा २ र दैलेखमा १ गरी प्रदेशभर ३५ जनाको दुःखद् मृत्यु भएको छ।’ 

मंगलबार साँझसम्मको विवरणअनुसार कर्णालीका १० वटै जिल्लामा गरी २० जना बेपत्ता छन्। कतै पहिरो जाने त कतै घर भत्किएका कारण बेपत्ता हुनेको संख्या २० पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। बेपत्ता हुनेमा सबैभन्दा बढी कालीकोटमा एक प्रहरीसहित १८, जुुम्ला र मुगुमा एक/एक जना छन्। 

निरन्तर वर्षाका कारण उनीहरूको खोजीमा केही समस्या आएको प्रहरी प्रवक्ता श्रेष्ठले बताए। ‘हामीले मातहतका प्रहरी कार्यालय/चौकीलाई स्थलगत रूपमा परिचालन गरेका छौं। सुर्खेतबाट हवाई उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरेका छौं। तर, दुर्भाग्य मौसम सुधार नभएका कारण सोचेअनुरूप प्रगति हुन सकिरहेको छैन’, उनले भने। 

वर्षा हुने र कर्णालीका अधिकांश जिल्ला सञ्चारबाट विच्छेद हुने एकै बेला परेकाले बाढीपहिरोका घटनामा वृद्धि हुन सक्ने उनले बताए। उनका अनुसार पहिरोका घटनामा २१ जना घाइते भएका छन्। 

काममा गएका बेला खोलामा बाढी आउने, घर भत्किनेजस्ता घटनामा परेर कालीकोटमा ७, मुगु र हुम्लामा ५/५, जुम्ला, जाजरकोट र रुकुमपश्चिममा १/१ जना घाइते भएका छन्। ४८० घरमा क्षति, २,८८९ घरपरिवार बिस्थापित बाढीपहिरोले प्रदेशभर ४ सय ८० घरमा क्षति पुगेको छ। २ हजार ८ सय ८९ घर परिवार विस्थापित भएका छन्। प्रदेश प्रहरीका अनुसार मुगुमा १ सय ७८, दैलेखमा १ सय ३, दैलेखमा ६, कालीकोटमा ४, हुम्लामा ४०, सुर्खेतमा ८, डोल्पामा ४, जाजरकोट र रुकुमपश्चिममा २/२ घरमा क्षति भएको छ। जुम्लाका १ हजार १ सय १३, मुगुमा ७ सय, दैलेखमा ५ सय ११, कालीकोटमा ३ सय ४४, मुगुमा १ सय ७८, हुम्लामा १ सय ५५ घरपरिवार बिस्थापित भएको श्रेष्ठले बताए। उनका अनुसार सुर्खेतमा ४५, रुकुमपश्चिममा ११ र जाजरकोटमा १० घर परिवार बिस्थापित भएका छन्। पर्यटकको उद्धार हिमापातले सिमकोट गाउँपालिका–१ स्थित चाङला हिमालमा फसेका ७ जना पर्यटकको सकुसल उद्धार भएको छ। 

बाढीले कर्णाली नदीमा रहेका एक दर्जनभन्दा बढी झोलुंगे पुल बगाएको छ। जसले हुम्ला, मुगु, बाजुरा, कालीकोट, अछाम र दैलेख जोड्थे। बाँकी पुल पनि उच्च जोखिममा रहेको शिक्षक धनबहादुर धामीले बताए। 
बाजुरा भएर बग्ने कर्णालीमा तीनवटा पुल बगेको स्थानीयवासीले बताएका छन्। यससँगै आसपासका बासिन्दा बिस्थापित भएका छन्। खेतीयोग्य जमिन बगरमा परिणत भएको शिक्षक धामीले बताए।  उनकाअनुसार स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिका जोड्ने पुल पनि बगेको छ। जुन २०५२ सालमा बनाइएको थियो। पुल बग्दा स्वामिकार्तिक खापर १, २ जगन्नाथ–३, ४ र ५ का बासिन्दाको आवतजावत बन्द भएको छ। पिलीचौर, कवाडी, बेर्मा, काप्डीलगायत ठाउँमा रहेका झोलुंगे पुलभन्दा माथि कर्णाली बगिरहेको प्रहरीले जनाएको छ। 

पिलुचौर जुकोट पुल उच्च जोखिममा छ। हुम्ला र मुगु भएर बग्ने कर्णालीका झोलुंगे पनि बाढीले लगेको छ। केही जोखिममा रहेको हुम्लाका कर्णबहादुर मल्लले बताए। बाजुराको जगन्नाथ र कालीकोट जोड्ने जितेगडाको पुल बग्दा आवतजावत बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराले पुलको सम्पूर्ण विवरण भने आउन नसकेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.