बाजुरामा सुत्केरीको मृत्यू

बाजुरामा सुत्केरीको मृत्यू

बाजुराः बाजुरामा अत्याधिक रक्तस्राव हुँदा सुत्केरीको मृत्यु भएको छ । बुढीगंगा नगरपालिका ६ की २० वर्षीया नीतु जैशीको मृत्यू भएको बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक शाहले जानकारी दिए । 

नीतुको सोमबार राति टाँटे स्वास्थ्य चौकीमा मृत्यु भएको हो । असोज ३१ गते सुत्केरी व्यथा लाग्ने बितिकै आफन्तले टाँटे स्वास्थ्य चौकी लगेका थिए । दिउँसो साढे ४ बजे नीतुले छोरीलाई जन्म दिइन । 

टाँटे स्वास्थ्य चौकीका इन्चार्ज छत्र थापाका अनुसार साल बेरिएको अवस्थामा बच्चा जन्माएकी नीतुको कुनै जटिल समस्या थिएन । उनलाई सोमबार साँझ ६ बजे घर पठाएको थियो । स्वास्थ्य चौकीले घर नलानु भन्दाभन्दै आफन्तले घर लगेको थापाले बताए । 

घर लगेको केही समयमा नीतुलाई अत्याधिक रक्तस्राव भएपछि सोमबार राति साढे १० बजे टाँटे स्वास्थ्य चौकी मै ल्याएको  स्वास्थ्यकर्मीले बताए । स्वास्थ्य चौकी पुगाएको २० मिनेटमा नीतुको मृत्यु भएको इन्चार्ज थापाले बताए । स्वास्थ्य चौकी पुग्दा नीतुको अवस्था गम्भीर भएको र बचाउन नसकिएको थापाले बताए । 

स्वास्थ्य चौकीमा सामान्यतया सुत्केरी भएको ८ घण्टादेखि २४ घण्टा भित्र सुत्केरीलाइ घर पठाउनु पर्ने प्रावधान छ । तर स्वास्थ्य चौकीले सुत्केरी भएको २ घण्टामा नीतुलाइ घर पठाएको बुझिएको भन्दै यो लापरबाही स्वास्थ्यकर्मीकै भएको एक स्वास्थ्यकर्मीले बताए । 

नीतुलाइ तालिम प्राप्त स्वास्थ्यकर्मीले सुत्केरी सेवा दिएको भएपनि दोस्रो पटक स्वास्थ्य चौकी पुर्‍याउँदा तालिम प्राप्त स्वास्थ्यकर्मी नभएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी घटनाबारे सोध्दा सुत्केरी मृत्यु बारे जानकारी नभएको र बुझेर खबर गर्ने बताए ।

बाजुरामा ३ वर्ष यता नीतुसहित ९ सुत्केरीको मृत्यु भइसकेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.