मोरङ ४ मा माओवादीका मोदीको अग्रता
विराटनगर : मोरङको क्षेत्र नं. ४ को प्रतिनिधि सभातर्फको मतगणनामा नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले अग्रता लिएका छन्।
हालसम्म २१४० मत गणना हुँदा मोदीले ११४७ मत प्राप्त गरेका हुन्। आफ्ना प्रमुख प्रतिस्पर्धी एमालेका विनोद ढकालको तुलनामा उनले ५१८ बढी मत प्राप्त गरेका हुन्।
एमाले उम्मेदवार ढकालले भने ६२९ मत प्राप्त गरेका छन्। अहिले कटहरी ४ को एउटा केन्द्रको मतगणना सम्पन्न भएको छ।
कुल १ लाख १० हजार ९३ जना मतदाता रहेको क्षेत्र नं. ४ मा भने ७४ हजार ७४४ जनाले मतदान गरेका थिए। यो कुल मतदाता संख्याको ६७.८९ प्रतिशत हो।
प्रतिक्रिया दिनुहोस !