मोरङ ६ मा शेखर ७७० मतले अगाडि
विराटनगर : मोरङको निर्वाचन क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका शेखर कोइरालाले आफ्नो अग्रता कायमै राखेका छन्।
प्रमुख प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितलाई ७७० मतान्तरले पछि पार्दै शेखरले आफ्नो अग्रता कायम बनाएका हुन्। विराटनगर-७ स्थित आदर्श माध्यमिक विद्यालयमा अहिले निर्वाचन क्षेत्र नं. ६ को मतगणना भईरहेको छ।
प्रतिनिधिसभा सदस्यतर्फ ७ हजार ७४७ सय मत गणना भइसक्दा डा. कोइरालाले ३ हजार ५३८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका पण्डितले २ हजार ७६८ मत प्राप्त गरेका छन्।
१ लाख २६ हजार ७६१ जना मतदाता रहेकोमा मोरङको क्षेत्र नं. ६ मा भने ६७ दशमलव ७२ अर्थात् ८५ हजार ८३७ जनाले मतदान गरेका थिए।
विराटनगरस्थित आर्दश माविमा अहिले मोरङको निर्वाचन क्षेत्र नं. ६ सहित ४ र ५ को पनि मतगणना भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !