मोरङको ५ (क) मा कांग्रेसका गयानन्द मण्डल विजयी

मोरङको ५ (क) मा कांग्रेसका गयानन्द मण्डल विजयी

विराटनगर : मोरङको निर्वाचन क्षेत्र नं. ५ (क) मा नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाईं विजयी भएका छन्। 

१४ हजार ८ सय ४३ मतसहित मण्डल प्रदेशसभा सदस्य पदमा विजयी भएका हुन्। नेकपा एमालेका सन्तोष कुमार साहलाई ५ हजार ४४१ मतले पराजित गर्दै मण्डल प्रदेश १ को प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन्। यो जितसँगै कांग्रेसले प्रदेश सभातर्फ मोरङमा जितको खाता खोलेको हो।

एमाले उम्मेदवार साहले ९ हजार ४०२ मत ल्याएका छन्। राप्रपाका सोनल कुमार गुप्ताले १ हजार ९०० मत ल्याएका छन्। मण्डल निर्वाचित भएको औपचारिक घोषणा भने निर्वाचन अधिकृतको कार्यालय केहिबेरमा गर्ने जनाएको छ।

प्रदेशसभामा निर्वाचित भएका मण्डल कांग्रेसका महासमिति सदस्य हुन्। २०७० सालको संविधानसभा निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.