कास्की २(ख)मा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी
पोखरा : कास्की २(ख) प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विन्दुकुमार थापा विजयी भएका छन्। निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी मिना गुरुङलाई १ हजार ३ सय ९ मतले पछि पार्दै थापा दोस्रो पटक गण्डकी प्रदेश सभाको यात्रा तय गरेका हुन् ।
थापाले ९ हजार २ सय ८० मत प्राप्त गर्दा नेकपा एमालेकी मिनार गुरुङले ७ हजार ९ सय ७१ मत प्राप्त गरिन्। राप्रपाका अरुण गिरीले ३ हजार ९ सय ३ मत प्राप्त गरे। यस निर्वाचन क्षेत्रमा २३ हजार १ सय ४७ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस !