विराटनगरका पूर्व मेयर पराजुली मोरङ ४ (ख) बाट निर्वाचित

विराटनगरका पूर्व मेयर पराजुली मोरङ ४ (ख) बाट निर्वाचित

विराटनगर : विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली प्रदेश १ को प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । मोरङको क्षेत्र नं. ४ (ख) बाट उनले प्रदेशसभाको चुनाव जितेका हुन् । 

आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका जीवन घिमिरेलाई १ हजार ७८८ मतान्तरले पराजित गर्दै पराजुलीले पहिलोपटक प्रदेश सभाको यात्रा तय गरेका हुन् । प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री समेत रहेका घिमिरेले ९ हजार ६९१ मत ल्याउँदा पराजुलीले ११ हजार ४७९ मत प्राप्त गरेका छन् ।

विद्यालय स्तरदेखि नै राजनीतिक यात्रा तय गरेका पराजुली स्कुल समितिमा नेविसंघको अध्यक्ष, महेन्द्र मोरङ क्याम्पसको इकाई समिति सचिवदेखि सोही क्याम्पसको सभापति समेत भइसकेका व्यक्ति हुन् । उनी दुईपटकसम्म नेपाली काँग्रेसको नगर सभापति हुँदै विराटनगरको मेयर पनि भइसकेका छन् ।

हाल उनी नेपाली काँग्रेसको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.