कास्की १ (क) मा एमालेका  खगराज अधिकारी विजयी

कास्की १ (क) मा एमालेका  खगराज अधिकारी विजयी

पोखरा : गण्डकी प्रदेश सभा सदस्य कास्की १ क मा नेकपा एमालेमा उम्मेवार खगराज अधिकारी विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका दिपक कोइरालाई ३ हजार ९९६ मतले पराजित गर्दै अधिकारी निर्वाचित भएका हुन् । 

संघीय सरकारका पूर्व गृहमन्त्री समेत रहेका अधिकारीले १५ हजार ६२३ मत ल्याउँदा माओदीका उम्मेदवार कोइरालाले ११ हजार ६२७ मत ल्याएका छन् । एमालेका अधिकारी आफ्नो पार्टीबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार हुन् । कोइराला पूर्व गण्डकी प्रदेश सांसद हुन् ।

हाम्रो नेपाल पार्टीका उम्मेदवार मदन बहादुर केसीले ३ हजार ६२९ मत ल्याएका छन् । यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराम थापाले ३ हजार ५३४ मत ल्याएर चौथो स्थानमा रहेका छन् । 

कास्की क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ निर्वाचित भइसकेका छन् भने कास्की १ ख प्रदेश सभामा नेकपा एमालेकै वेदबहादुर गुरुङ श्याम विजयी भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.