सिरहामा एमाले पहिलो दल, कांग्रेस र माओवादी शून्य

सिरहामा एमाले पहिलो दल, कांग्रेस र माओवादी शून्य

सिरहा : सिरहामा ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेसले सत्ता गठबन्धनको तर्फबाट क्षेत्र-१ र २ मा प्रतिनिधिसभा तथा क्षेत्र-१ (क), क्षेत्र-३ (क) र (ख)मा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको थियो। नेकपा (माओवादी केन्द्र) ले क्षेत्र–३ मा प्रतिनिधिसभा र क्षेत्र–२ (क), क्षेत्र–४ (क)मा प्रदेशसभामा उम्मेदवारी दिएको थियो । तर सत्तागठबन्धनले कतै जित हात पार्न सकेन। अन्तत: सिरहामा कांग्रेस र माओवादी शून्यमा सिमित भएको छ।

सिरहामा दुई प्रतिनिधिसभा र तीन प्रदेशसभामा निर्वाचित भएका एमाले पहिलो दल भएको छ । भने दुई प्रतिनिधिसभा र एक प्रदेशसभा जितेर जसपा दोस्रो दल भएको छ । जनमत पार्टी दुई प्रदेशसभा, एकीकृत समाजवादी र लोसपाले एक/एक प्रदेशसभामा निर्वाचित भएको छ । 

सत्ता गठबन्धनका क्षेत्र–३ (ख) प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी)का प्रमोद यादव र क्षेत्र–४ (ख)मा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का रामबाबु यादव मात्रै निर्वाचित भएका छन् । जनमत पार्टीबाट क्षेत्र–२ (क)मा संजयकुमार यादव र क्षेत्र–४ (क)मा त्रिभुवन साह निर्वाचित भएका हुन्।

एमाले–जसपा गठबन्धनले ४ वटै प्रतिनिधिसभा क्षेत्रमा जित हासिल गरेको छ।  क्षेत्र–१ मा एमालेका रामशंकर यादव कांग्रेस पूर्वमन्त्री केन्द्रीय सदस्य पदम नारायण चौधरीलाई २०८३ मतान्तरले हराउँदै निर्वाचित भए । यादवले २९४६२ र चौधरीले २७३७९ मत प्राप्त गरेका छन् । 

क्षेत्र–२ मा जसपाका पूर्वमन्त्री राजकिशोर यादवले कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री चित्रलेखा यादवलाई ११५० मतान्तरले हराउँदै जित हासिल गरे।  राजकिशोरले २४१७८ र चित्रलेखाले २३०२८ मत प्राप्त गरिन्। 

क्षेत्र–३ मा एमालेका प्रभावशाली नेता पूर्वमन्त्री लिलानाथ श्रेष्ठले माओवादी केन्द्र विश्वनाथ साहलाई ११८२ मतान्तरले पराजित गरे । श्रेष्ठले २८०६४ मत पाउँदा साहले २६८८२ मत पाए।

क्षेत्र– ४ मा उद्योगपति जसपाका डा.विरेन्द्र महतोले जनमत पार्टीका विरेन्द्र साहलाई ७८०८ मतान्तरले हराउँदै विजयी भए । महतोले २४१०२ र साहले १६२९४ मत प्राप्त गरे। यहाँ एकीकृत समाजवादीका पूर्वमन्त्री धर्मनाथ साह १४६५३ मत ल्याएर तेस्रो स्थानमा रहे।

प्रदेशसभामा पनि एमाले क्षेत्र–१ (क)मा राजेन्द्र चौधरी, क्षेत्र–२ (ख)मा सत्रुधन प्रसाद सिंह र क्षेत्र–३ (क)मा मनोजकुमार सिंह निर्वाचित भएका छन् ।

पूर्वमन्त्री, पत्रकार र कलाकारको जमानत जफत

पूर्वमन्त्री सरिता गिरिले सिरहा–१ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले जमानत पनि बचाउन सकेनन् । सदर मतको १० प्रतिशत मत नपाएपछि उनको जमानत जफत भएको हो । उनले जम्मा ५०२ मत पाएका थिए।

गिरि ०६४ को संविधानसभा निर्वाचनमा सदभावना पार्टीबाट समानुपातिक सांसद भएकी थिइन् । ०६९ मा डा. बाबुराम भट्टराईको पालामा मन्त्री बनेकी थिइन् । त्यसपछि पार्टी परिवर्तन गरेर ०७४ को निर्वाचनपछि जसपाबाट समानुपातिक सांसद बनिन् । विवाद वक्त्वय दिएपछि सांसद पद गुमाएकी थिइन् ।

यसैगरी अर्का पूर्वमन्त्री राजलाल यादव सिरहा–२ (क)बाट प्रदेशसभा सदस्यमा हाम्रो नेपाली पार्टीको लौरौ चुनाव चिन्हमा उम्मेदवारी दिएका थिए । उनले जमानत बचाउन सकेनन् । उनले २३७ मत प्राप्त गरे। उनी ०६४ मा तत्लकालिन मधेसी जनअधिकार फोरमबाट सिरहा–१ मा निर्वाचित भएका थिए । पछि फोरमबाट फुटेर फोरम गणतान्त्रिक पार्टी बनाएर विनाविभाग्य मन्त्री भएका थिए ।

सिरहा–२ मा तीनजना पत्रकार स्वतन्त्र र एकजना कलाकारले राप्रपाबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका थिए । उनीहरु सबैको जमानत जफत भएको छ । पत्रकारमा रामरिझन यादव, देवकुमार यादव र सुरेश कार्की र कलाकार मुरलीधर मिझारको जमानत बचेन।

रामरिझनले २८४, सुरेश कार्कीले ३१२ र देवकुमारले ३२ मत पाए । उनीहरु कसैले सदर मतको १० प्रतिशत ल्याउन सकेनन् । रामरिझन डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनको प्रेस सल्लाहाकार थिए । दर्जनौं पुस्तक पनि लेखेका छन् । कार्की रेडियो नेपालको कार्यकारी निर्देशक भएका थिए । देवकुमार पत्रकार महासंघका केन्द्रीय सदस्य हुन्।

कलाकार मुरलीधरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार बनेका थिए । उनले ७८२ मत मात्रै ल्याउन सके । उनको प्रचारमा राजेन्द्र लिङदेन हेलिकोप्टर चढेर खटिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.