गण्डकीमा गठबन्धनकै सम्भावना

गण्डकीमा गठबन्धनकै सम्भावना

पोखरा : संघीयतापछिको दोस्रो आमनिर्वाचनमा गण्डकी प्रदेशको स्याङ्जा–२ बाहेक सबै क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। मतगणना भएका जिल्लाहरूको परिणामअनुसार कुनै पनि दलको एकल बहुमतको सरकार बन्ने अवस्था छैन। हाल सत्ताा गठबन्धनमा रहेका दलहरू कांग्रेस र माओवादी केन्द्र मिल्दा सहज बहुमत पुग्ने देखिएको छ।

गठबन्धनको प्रमुख दल कांग्रेसले एक्लैले प्रत्यक्षतर्फ १६ सिट जितेको छ। माओवादी केन्द्रले ४ सिट जितेको छ। माओवादी केन्द्रको चुनाव चिह्न लिएर उठेको नेपाल समाजवादी पार्टीले १ सिट जितेको छ। प्रत्यक्षतर्फ कांग्रेस, माओवादी र नेपाल समाजवादीसहितको गरेर २१ सिट जित निकालेको छ। ६० सदस्य प्रदेशसभामा समानुपातिकबाट आउने सिट संख्यासमेत जोड्दा कांग्रेस नेतृत्वमा माओवादी कांग्रेसको गठबन्धन सरकार बन्ने देखिन्छ। गण्डकीमा बहुमतको सरकार बनाउन ३१ सांसद चाहिन्छ। माओवादीले कांग्रेसलाई समर्थन गर्दा बहुमतको सरकार बन्ने देखिन्छ। 

एमालेले प्रत्यक्षतर्फ १२ सिट जितिसकेको छ। मनाङबाट राजीव गुरुङ (दीपक मनाङे)ले स्वतन्त्र सांसदका रूपमा निर्विरोध निर्वाचित भएका छन्। उनी यसअघिको निर्वाचनमा एमालेको समर्थनमा स्वतन्त्र उठेर जितेका थिए। 

गण्डकीमा प्रत्यक्षतर्फ ३६ र समानुपातिकमा २४ सिट संख्या छन्। २०७४ को निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ९ गरी १५ सिट जितेको थियो। यस निर्वाचनमा भने कांग्रेसले प्रत्यक्षमा मात्रै १६ सिट जितेको छ। एमालले २०७४ को निर्वाचनमा प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ सिट ल्याएको थियो। यस निर्वाचनमा पनि समानुपातिकमा एमाले अघि छ। तर, बहुमत आउन भने सम्भव छैन। अघिल्लो निर्वाचनमा माओवादीले प्रत्यक्षमा ९ र समानुपातिकमा ३ गरी १२ सिट जितेको थियो। त्यतिबेला गण्डकी प्रदेशमा एमाले र माओवादीको बाम गठबन्धनले पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा सरकार बनेको थियो। राष्ट्रिय जनमोर्चाको पनि समर्थन थियो। यसपटक भने राष्ट्रिय जनामोर्चाका कुनै पनि सांसद छैनन्। समाजवादीले गण्डकीमा प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ पाएको २ सिट नै गुमाइसकेको छ। उत्ताm पार्टी गण्डकीमा निल छ। कांग्रेस नेतृत्वको सरकार बन्दा मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डेको नाम चर्चामा छ। माओवादीका अध्यक्षले नै चुनावका क्रममा पाण्डेलाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए। कांग्रेसका प्रदेश सभापति शुक्रराज शर्मा पनि मुख्यमन्त्रीको दाबेदार हुन्। उनी कांग्रेसले बुझाएको समानुपातिक सूचीको पहिलो नम्बरमा छन्। 

एमालेको नेतृत्वमा सरकार बन्ने अवस्थामा मुख्यमन्त्रीमा पार्टी संगठन विभाग प्रमुख खगराज अधिकारी मुख्य दाबेदार हुन्। कांग्रेसबाहेकको सरकार बनाउन एमालेलाई माओवादी, स्वतन्त्र सांसद मनाङेदेखि समानुपातिकमा सिट ल्याउने सम्भावना देखिएको राप्रपालगायतका दलले समर्थन जनाउनुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.