विश्वकपले बढायो चहलपहल

विश्वकपले बढायो चहलपहल

पोखरा : पोखरेली फुटबल भनेपछि हुरुक्क हुन्छन्। लाहुरेहरूको बाक्लो उपस्थित रहेको यस सहरमा उनीहरू फुटबल हेर्न निकै रुचाउँछन्। पोखरामा प्रत्येक वर्ष आयोजना हुने आहा–रारा गोल्डकपमा पनि यस्तै रौनकता देखिने गर्छ। २०५८ सालमा क्याराभान गोल्डकपबाट सुरु भएको प्रतियोगिता त्यसपछिका संस्करण आहा–राराको नाममा सञ्चालन हुँदै आएको छ। मोफसलको चर्चित प्रतियोगिता हेर्न युवा मात्रै होइन, सेवा निवृत्त लाहुरेहरूको उपस्थिति पनि बाक्लै हुने गर्छ।  

यही फुटबल संस्कृतिले पोखरेली युवामा फिफा विश्वकपको पारो पनि निकै बढाएको छ। फिफा विश्वकप सुरु भएदेखि नै यहाँका फुटबलप्रेमीले रेस्टुरेन्ट र खुला स्थानमा जमघट भएर फुटबल हेर्ने गरेका छन्। धेरै युवाहरू पोखराको लेकसाइडका रेस्टुरेन्टहरूमा जम्मा भएर फुटबल हेर्ने गरेका छन्। गाउँघरमा पनि युवाहरू एउटै घरमा जम्मा भएर फुटबल हेर्ने क्रम बढेको छ। 

पोखराको प्याराडिसो स्पोर्ट्स एन्ड ग्रिलबारमा फुटबल हेर्दै गरेका अमित शर्मा ठूलो पर्दामा साथीहरूसँग फुटबल हेर्नुको मज्जा बेग्लै हुने बताउँछन्। बेलायतका पर्यटक एड्मले पनि यहाँको बारमा बसेर फुटबल हेरिरहेको बताए।  पोखराको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिल, ओपन हाउस, पोखरा पिज्जा हाउसलगायत धेरै जसो रेस्टुरेन्टहरूमा फुटबल हेर्न व्यवस्था मिलाइएको छ। अर्जेन्टिना, ब्राजिल, फ्रान्स, इङ्ल्यान्डजस्ता टोलीको खेल हुँदा फुटबल हेर्नेको घुइँचो लाग्ने प्याराडिसो स्पोर्ट्स बार

एन्ड ग्रिलका सञ्चालक गोपी भट्टराईले बताए। पोखरा घुम्न आएका पर्यटकको पहिलो रोजाई पनि बार नै भएको अखिल नेपाल फुटबल संघ कास्कीका पूर्वअध्यक्ष समेत रहेका भट्टराई बताउँछन्। बुधबार राति अर्जेन्टिना र पोल्यान्डबीचको खेल हेर्ने ग्राहकको उपस्थिति बाक्लै रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलका मेनेजर हरि पौडेलले बताए।

विश्वकप सुरु भएपछि लेकसाइडमा पर्यटकको चलहपहल पनि निकै बढेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल पोखराका अध्यक्ष नरेश भट्टराईले बताए। स्थानीय युवा र यहाँ घुम्न आएका विदेशी पर्यटकले समेत विश्वकप हेर्ने भएकाले चहलपहल बढेको उनले बताए। पोखरामा यति बेला विभिन्न देशका पर्यटक भ्रमणमा आएका छन्। चिनियाँ पर्यटक भने कोरोनापछि आएका छैनन्। चीन सरकारले आफ्ना नागरिकलाई विदेश यात्रा गर्न रोक लगाएकाले उनीहरू नआएका हुन्। कोरोना अघिसम्म भारतीय पर्यटकपछि चिनियाँ पर्यटक धेरै आउने गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.