पोखरेली जेठोबुढो धानको समर्थन मूल्य तोकियो

पोखरेली जेठोबुढो धानको समर्थन मूल्य तोकियो

पोखरा : पोखरा महानगरपालिकाले पोखरेली जेठोबुढो धानको समर्थन मूल्य प्रतिक्विन्टलको ९ हजार तोकेको छ। 

महानगरले पोखरेली जेठोबुढो धानको मूल्य पत्येक वर्ष तोक्ने गर्दछ। किसानलाई पोखरेली रैथान जेठोबुढो धान उत्पादनमा प्रेरणा दिन र उचित मूल्य उपलब्ध गराउन महानगरपालिकाले हरेक वर्ष पोखरेली रैथाने जेठोबुढो धानको समर्थन मूल्य तोक्दै पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।

महानगरले पोखरेली रैथाने धान जेठोबुढोबाहेक अन्य जातको धानको मूल्य भने तोक्दैन। संघ सरकारले तोक्ने न्यूनतम समर्थन मूल्य नै अन्य धानको मूल्य रहने महानगरका कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए। 

सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि धानको न्यूनतम समर्थन मूल्य मोटो धानको प्रतिक्न्टिल २ हजार ९ सय ६७ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्न्टिल ३ हजार १ सय २८ रुपैयाँ तोकेको छ। 

जेठोबुढो धानको स्वाद नै अन्य धानको भन्दा धेरै स्वादिलो हुनु, उत्पादनको समय अन्य धानको भन्दा अली लामो समय लिनु, धान उत्पादन आधा कम हुनु , उत्पादन लागत नै बढी लाग्नु लगायतका कारण यस प्रजातिको धानको मूल्य नै बढी पर्न गएको कडरियाले जानकारी दिए।  

जेठोबुढो धानको उद्गम स्थल नै पोखरा हो। पोखराको पनि फेवाताल, रुपा, बेगनास तालको आसपासका क्षेत्र जेठोबुढो धानको उद्गम स्थल भएको कडरियाले जानकारी दिए। 

किसानहरू हाइब्रिड धान तर्फ गएकाले लोकल उत्पादन प्रोत्साहान गर्न महानगरपालिकाले अनुधानमा जेठोबुढो धानको बिउँ समेत वितरण गर्दै आएको छ। 

जेठोबुढो धान ९ सय देखि १२ सय मिटर उचाइमा मात्र सिफारिस गरिएको छ। पोखरेली जेठोबुढोको नाममा यो धानको ब्राण्ड गरिएको छ। 

महानगरपालिकाले तोकेको न्यूनतम समर्थन मूल्यमा यो धान बिक्री भएन भन्ने किसान अहिले सम्म नभेटिएको उनले सुनाए। 

प्रतिक्विन्टलको ९ हजारभन्दा कम मूल्यमा बिक्री गर्न पर्ने अवस्थामा महानगरले न्यूनतम समर्थन मूल्य बराबर बेहोर्ने पनि उनले सुनाए। यसैले महानगरले न्यूनतम समर्थन मूल्यको ग्यारेन्टी गरेको छ। 

जेठोबुढो धान महानगरपालिकाले तोकेको न्यूनतम समर्थन मूल्य भन्दा बढीमा बिक्री हुने गरेको पोखरा ३२ खोलाछेउकी किसान गिता अधिकारीले बताइन। यो धान महानगरपालिकाले मुरीको ४५ सय तोके पनि ५४ सय देखि ६ हजार रुपैयाँ मुरीसम्म बिक्री हुने गरेको अधिकारीले सुनाइन। 

जेठोबुढो धान एक वर्ष पुरानो हुँदा पनि मूल्य नघट्ने पनि उनको अनुभव छ। स्वादिलो छ। बास्ना आउँछ। अन्य धानसँग तुलना नै नहुने उनले सुनाइन।

यो धान भित्र पकाउँदा भात छड्कदा बाहिर नै बास्ना आउने उनको अनुभव छ।  पोहोर मनसुली धान ३ हजार मुरीमा बिक्री हुँदा जेठोबुढो धान धेरै पार्नेले मुरीको ६ हजार सम्ममा बिक्री गरेको पनि उनले बताइन्। 

पोखरा महानगरपालिकामा कुल ११ हजार २ सय हेक्टर क्षेत्रफलमा ३९ हजार २ सय टन धान उत्पादन हुने पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडेरियाले जानकारी दिए। 

पोखरामा आवश्यक परिणाम प्रतिव्यक्ति प्रतिवर्ष २ सय १ केजीका हिसावले ५ लाख जनसंख्याका लागि १० लाख ५ सय टन धान उत्पादन आवश्यक रहनेमा ८१ हजार ८ सय ८० टन धान अपुग रहेको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख कडेरियाले तथ्याङ्क सुनाए। 

आवश्यक परिणाम प्रति व्यक्ति प्रति वर्ष २ सय १ केजीका हिसावले अस्थायी जनसंख्या सहित दैनिक खाने उपभोक्ता १५ लाख जनसंख्याकालागि प्रति वर्ष ३० लाख १५ हजार टनको आवश्यक्ता रहेको महानगरपालिका कृषि महाशाखाको तथ्याङ्क छ। मगमग बस्ना आउने धान बास्ना आउन भने छाड्दै गएको छ। 

२०३६ साल सम्म धान पसाउने बेलामा फाँटनै बसाउने हुन्थ्यो। बिस्तारै धानमा रासायनिक मल र विषादीको मात्र किसानले बाउँदै गएपछि जेठोबुढो धान पसाउने बेलामा फाँटनै बसाउन छाडेको मात्र होइन भान पकाउँदा बसाउन पनि छाडिसकेको पोखरा चापाकोटका किसान हरिप्रसाद शर्माले बताए। शर्माले फेवाफाँटमा २० रोपनी क्षेत्रफलमा ६० देखि ७० मुरी जेठोबुढो धान हुने बताए। 

अहिलेसम्म धान खेतमा रासायनिक मल र विषादी प्रयोग नगरेकाले आफ्नो खेतमा उत्पादन भएको जेठोबुढो धानको चामलमा अझै बास्ना आउने गरेको उनले सुनाए। अरू किसानले रासायनिक मल राख्दा भने केही असर गरेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.