आइटीएफ जे–५ टेनिस : ताइपेइका हाउ र भारतकी दुर्गाङ्सी विजेता
पोखरा : आइटीएफ जे–५ टेनिस प्रतियोगिताको सर्किट १ मा पुरुष एकलतर्फ ताइपेइका के हाउ हङ र महिला एकल तर्फ भारतकी दुर्गाङ्सी कुमार विजेता बनेका छन्।
पोखरा रंगशालामा शनिबार सम्पन्न सर्किट १ तर्फको प्रतियोगिताको पुरुष एकल तर्फको खेलमा ताइपेइकै चेन हुई होलाई ६–०, ६–१ को सहज सेटमा पराजित गर्दै प्रथम भएका हुन्।
महिला एकलतर्फको फाइनल खेलमा भारतकी दुर्गाङ्सी कुमारले फाइनल खेलमा भारतकै श्रीनिधी बालाजीलाई ६–४ र ७–६ ले पराजित गरेर विजेता बनिन।
प्रतियोगिता अन्तर्गत पुरुष तर्फ डबल्सतर्फ भारतका सागर कुमार र स्वस्तीक सर्माको जोडीले कोरियाका डोङ योङ युम र मलेसियाका केगन केथ जोनाथन जोडीबाट वाकओभर पाउँदै विजयी बने।
त्यस्तै, महिला डबल्सफर्त भारतका श्रीनिधी बालाजी र लक्ष्मीश्री डण्डुको जोडीले प्रथम स्थान हाँसिल गरे। भारतकै काइरा सिद्धार्थ चेत्नानी र दुर्गाङसी कुमार जोडीसँगको अन्तिम भेटमा ६–२, ६–२ को सहज जित निकाल्दै प्रथम स्थान ओगटन सफल भएका हुन्।
कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिताका विजयी खेलाडीहरूलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले पुरस्कृत गरे।
संघ कास्कीका अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोह उपाध्यक्ष नविन चालिसेले सञ्चालन गरेका थिए। एक सातादेखि सञ्चालित प्रतियोगितामा विभिन्न ९ राष्ट्रका ९८ खेलाडीले सहभागिता जनाएका थिए।
प्रतिक्रिया दिनुहोस !