विराट एक्स्पोको तयारी पूरा

विराट एक्स्पोको तयारी पूरा

विराटनगर : प्रदेश १ को राजधानी विराटनगरमा हुन गइरहेको सातौं संस्करणको विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ।

मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा हुने औद्योगिक व्यापार मेलाको सम्पुर्ण तयारी पूरा भएको हो। आईतबार पत्रकार सम्मेलन गर्दै आयोजक उद्योग संगठन मोरङले मेलाको तयारी पूरा भएको जानकारी दिएको छ। 

सङ्गठनका अनुसार ७ दिनसम्म चल्ने एक्स्पोमा विभिन्न स्वदेशी तथा विदेशी उत्पादन सहितका ३६१ वटा स्टलहरू रहने छन्। 

पेभिलियनको ४, प्रायोजकको १०, उद्योग संगठन मोरङ कार्यसमितिको ३४, औद्योगिक कन्जुमन प्रोडक्ट्सको ७५, कृषि तथा साना घरेलु एवं सूचनामुलकको ७५, नाडा र अटोमोबाईल्सको २० वटा र खाद्य सामाग्रीको १० वटा स्टलहरू एक्स्पोमा रहने उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताए। 

उनले एक्स्पो अवधिभर माउन्टेन फ्लाईटको समेत व्यवस्था गरिएको जानकारी दिए। ‘एक्स्पो अवधिभर ३ वटा माउन्टेन फ्लाईट गर्ने तयारी छ,’ उनले भने, ‘हामीले बुकिङ्ग पनि खुलाईसकेका छौं।’

एक्स्पोमा आर्थिक एवम् कृषि तथा औद्योगिक क्षेत्रका बिषयगत मुद्दाहरूमा नीतिगत छलफल, अनुभव आदानप्रदान र नवीतम सोच भएका युवा उद्यमीको स्टार्टअप कर्नरका लागि छुट्टै पेभिलियनको व्यवस्था गरिएको बताइएको छ। 

प्रदेश १ मा लगानी सम्भावना भएका क्षेत्रका निम्त्ति पनि छुट्टै पेभिलियनको व्यवस्थापन मिलाइएको छ। एक्स्पोमा भने पहिलोपटक रोबोटसँग प्रत्यक्ष संवाद गर्ने अवसर समेत प्राप्त हुने आयोजकको दाबी छ। 

आयोजकका अनुसार एक्पोमा थ्रीडी भर्चुअल टुर मार्फत् प्रदेश १ का सगरमाथा बेस क्याम्प, गुफा पोखरी र पाथीभरा मन्दिर लगायतका पर्यटकीय क्षेत्रको अवलोकन समेत गर्न सकिनेछ।

एक्स्पोमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साङ्गितिक प्रस्तुतीको व्यवस्था समेत मिलाइएको छ। फेशन शो र विराट एक्स्पो सिङ्गिङ आइडल प्रतियोगितालाई मनोरञ्जनको मुख्य आकर्षण बनाइएको छ। 

प्रतियोगिताको आवेदन भने मंसिर २२ गतेबाट खुल्ला गरिने जानकारी दिइएको छ। प्राप्त जानकारी अनुसार प्रतियोगिताको निर्णायक भने गायिका इन्दिरा जोशी रहने भएकी छिन्।

एक्स्पोमा भने नेपालका साथसाथै भारत, बङ्गलादेश र पाकिस्तान लगायत विभिन्न मुलुकका उत्पादनहरू प्रर्दशनीमा रहने छन्। ३ करोड रुपैयाँ खर्च हुने एक्स्पो करिब २ लाख बढीले अवलोकन गर्ने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.