तेस्रो विराटनगर बास्केटबल प्रतियोगिता : बिकेभिएम स्कुलको विजयी सुरुवात

तेस्रो विराटनगर बास्केटबल प्रतियोगिता : बिकेभिएम स्कुलको विजयी सुरुवात

विराटनगर : तेस्रो संस्करणको विराटनगर बास्केटबल कप सुरु भएको छ।

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा सोमबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो। 

सोमबार विराटनगरस्थित कोबास कलेजको बास्केटबल कोर्डमा भएको उद्घाटन खेलमा पुरुषतर्फ सगरमाथा स्कुललाई ३६–१४ अङकले पराजित गर्दै बिकेभिएमले विजयी सुरुवात गरेको छ। 

महिलातर्फको खेलमा पनि बिकेभिएमले नै जित हाँसिल गरेको छ। सगरमाथा स्कुललाई ३–४ अङकले पराजित गर्दै बिकेभिएम विजयी भएको हो। पुरुष र महिलातर्फको खेलमा क्रमशः गुनानन्द यादव र प्रशना राउत ‘उत्कृष्ट’ खेलाडी घोषित भएका छन्।

विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी ८ वटा टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मुकेश यादवले बताएका छन्। 

बास्केटबल प्रतियोगिताको फाइनल खेल २३ गते हुने उनले जानकारी दिएका छन्। बास्केटबल कपको पहिलो संस्करण विराटनगरको सगरमाथा स्कुल र दोस्रो संस्करण भने इटहरीको विश्व आदर्श स्कुलले जितेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.