विराटनगरमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

विराटनगरमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

विराटनगर : मोरङको विराटनगरमा सुविधासम्पन्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ।

विराटनगर–१४ स्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रसँगै प्रयोगशाला सञ्चालनमा आएको हो। बुधबार प्रयोगशालाको नवनिर्मित भवन उद्घाटन गरिएको छ। 

प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रयोगशाला भवनको उद्घाटन गरेका हुन्। भवनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रयोगशालाबाट विशिष्टिकृत सेवा प्रवाह हुने बताए। 

प्रयोगशालाको नाममा हुने बेथिति, अनियमितता र आम सर्वसाधारणलाई ठग्ने कार्यको नियमन पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्ने उनले जानकारी दिए। 

विराटनगरस्थित स्नातकोत्तर कलेजको ८ कठ्ठा १२ धुर जग्गा ३० वर्षका लागि लिजमा लिएर प्रयोगशाला भवन निमार्ण गरिएको बताइएको छ। 

प्रयोगशालामा जेनरल ल्याब, नसर्ने रोग, सरुवा रोग र पीसीआर भाईरल कल्चर लगायतका परीक्षण हुने जनाइएको छ। 

सेभ द चिल्ड्रेन र ग्लोबल फण्डसँगको सहायतामा प्रयोगशाला निमार्ण भएसँगै  विशिष्टिकृत परीक्षणका लागि काठमाडौं र भारतका विभिन्न शहर धाउनुपर्ने बाध्यताको समेत अन्त्य भएको प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले बताए। 

प्रदेश अन्तर्गतका अन्य प्रयोगशालाको गुणस्तर मापन, शुल्कको नियमन र अनुगमनको कार्य समेत यही प्रयोगशालाले गर्ने उनले जानकारी दिए।

दातृ निकायको कुल ९ करोड ३१ लाख ८२ हजारको लागतमा निमार्ण सम्पन्न भएको प्रयोगशाला ४ तले संरचनासहितको छ। 

प्रयोगशालाले स्थानीय ल्याबको नमुना परीक्षण, नीजि तथा सार्वजनिक प्रयोगशालाहरुको गुणस्तर मापन र अनुसन्धान तथा रोग नियन्त्रण कार्यमा विशेष सहयोग पुर्‍याउने अपेक्षा गरिएको सेभ द चिल्ड्रेन ग्लोबल फण्डका वरिष्ठ कार्यक्रम व्यवस्थापक हरिबोल बजगाईंले बताए। 

२०७७ मंसिर ३० गते प्रदेश १ सरकारका तत्कालिन मुख्यमन्त्री शेरधन राईले प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन निर्माणको शिलान्यास गरेका थिए। 

शिलान्यास भएको ६ महिनाभित्र भवनको निर्माण कार्य सकेर ८ महिनापछि सेवा सुरु गर्ने योजना थियो। तर, कोभिड महामारी लगायतका विभिन्न प्राविधिक समस्याका कारण केही ढिलाई गरी बुधबार भवनको उद्घाटन गरिएको हो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.