हुलाकी राजमार्ग निर्माण समयमै सम्पन्न गर्न निर्देशन

हुलाकी राजमार्ग निर्माण समयमै सम्पन्न गर्न निर्देशन

विराटनगर : मोरङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले हुलाकी राजमार्गको निर्माण कार्य चाँडै सम्पन्न गर्न निर्देशन दिएका छन्।

मोरङको रंगेलीदेखि रतुवामाइस्थित चौकी घाटसम्मको हुलाकी राजमार्ग विस्तार कार्य समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई उनले निर्देशन दिएका हुन्। 

हुलाकी सडक आयोजना प्रमुख विजय थापासँग कार्यप्रगति बारे जानकारी लिँदै बिहीबार उनले द्रुत गतिमा काम अगाडि बढाउन निर्देशन दिएका हुन्। 

दक्षिणी भेगको ‘लाईफलाईन’ का रूपमा हेरिएको उक्त सडकको निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा आम सर्वसाधारणले निक्कै सास्ती व्यहोर्दै आइरहेको उनले बताए। सडक आयोजनालाई निर्देशन दिँदै उनले भने, ‘निर्माण कार्यको गुणस्तरमा पनि जनताको प्रश्न उठिरहेको छ। काममा तलमाथि नहोस्।’ 

उनले बजार क्षेत्रमा सडकको चौडाइ सय मिटर फराकिलो बनाउन समेत दबाब दिएका छन्। आयोजना प्रमुख र इन्जिनियरहरुको टोलीले निर्माणाधिन सडकको निरीक्षण समेत गरिसकेको छ। 

यसै आर्थिक वर्षको अन्त्यसम्म सो खण्डको निर्माण कार्य सम्पन्न भइसक्ने हुलाकी सडक आयोजना कार्यालयले जनाएको छ। 

कार्यालयका अनुसार सोही सडकखण्डमा पर्ने रतुवा खोलाको अधुरो पुलको काम पनि अब अघि बढ्ने भएको छ। पुलको काम भने आगामी माघको पहिलो सातादेखि सुरु हुने जानकारी दिइएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.