नेपालमा इन्जिनियरिङ विषयतर्फ विद्यार्थीहरूको आकर्षण घट्दै

नेपालमा इन्जिनियरिङ विषयतर्फ विद्यार्थीहरूको आकर्षण घट्दै

विराटनगर : नेपालमा इन्जिनियरिङ शिक्षाको अवस्था र अवसर विषयक विराटनगरका शिक्षकहरूसँग अन्तरक्रिया भएको छ।

विराटनगरमा शुक्रबार इन्जिनियरिङ शिक्षाको अवसर विषयक अन्तरक्रिया गरेको हो। पिइए सन् १९९४ मा स्थापना भई त्रिविको आईओई प्रवेश परीक्षा उत्तीर्ण गर्न विद्यार्थीहरूलाई सहयोग गर्दै आइरहेको संस्था हो। पिइएले प्रवेश परीक्षाका निम्ति तयारी कक्षा समेत सञ्चालन गर्दै आइरहेको छ।

प्राध्यापक तथा शिक्षकहरूले पनि विद्यार्थीको मनोभावना बुझेर पठनपाठन परिस्कृत गर्दै लैजानुपर्ने अवस्था आएको छ। नेपालमा विशुद्ध इन्जिनियरिङ पठनपाठन हुने १५ क्याम्पसहरू छन्। जसमा ५ त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस हुन भने बाँकी १० त्रिविसँग सम्बन्धन प्राप्त क्याम्पस हुन्। ती क्याम्पसहरूसँग कुल ४ हजार ३४४ जना विद्यार्थीहरूलाई पढाउन सक्ने क्षमता छ। 

इन्जिनियरिङ विषयतर्फ विद्यार्थीहरूको आकर्षण बढाउन राज्यको नीति पनि परिवर्तन हुनुपर्ने कार्यक्रमका अन्य वक्ताहरूले बताए। उनीहरूले अन्य विकसित मुलुक जस्तै नेपालमा पनि कमाउँदै पढने परिपाटीको विकास गर्नुपर्ने विषयमा जोड दिए।

कार्यक्रममा भने विराटनगरका हिसानका इन्जिनियरिङ पठनपाठन गराउने शिक्षकहरूको सहभागिता रहेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.