तेस्रो विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि बिकेभीएमलाई

तेस्रो विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि बिकेभीएमलाई

विराटनगर : विराटनगरमा विद्यालयस्तरीय तेस्रो संस्करणको विराटनगर बास्केटबल कप प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ।

 विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा कोबास कलेजको बास्केटबल कोर्टमा आज भएको फाइनल खेलमा पुरुषतर्फ  सगरमाथा स्कुललाई ३७-२८ अङकले  पराजित गर्दै बिकेभीएम स्कुल विजयी भएको छ।

त्यसैगरी महिलातर्फको भएको फाइनल खेलमा पोखरीया स्कुललाई २-४ अङकले  पराजित गर्दै अरनिको स्कुल विजयी भएको हो।  

पुरुष र महिलातर्फको खेलमा क्रमशः बिकेभीएम स्कुलका गुनानन्द यादव र अरनिको स्कुलको ‘उत्कृष्ट’ खेलाडी घोषित भएकाहरूलाई ट्रफी वितरण गरिएको थियो।

विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी ८ वटा टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मुकेश यादवले बताएका छन्।

बास्केटबल कपको पहिलो संस्करण विराटनगरको सगरमाथा स्कुल र दोस्रो संस्करण भने इटहरीको विश्व आदर्श स्कुलले जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.