पोखरामा स्वीङ र जीपलाइनमा रमाउँदै विवेक ओबराय

पोखरामा स्वीङ र जीपलाइनमा रमाउँदै विवेक ओबराय

पोखरा : बलिउड अभिनेता विवेक ओबराय पोखरामा साहसिक खेलमा रमाएका छन्। पोखराको हेमजामा सञ्चालनमा रहेको जीप लाइन र स्वीङमा चढेर बलिउड अभिनेता ओबराय र उनका परिवार रमाएका हुन्। 

परिवारसहित बिहीबार पोखरा आएका ओबरायले भतीजको जन्म दिनमा चरा झै जीप लाइनमा रमाउन पाएकोमा निकै खुशी लागेको बताएका छन्। १४० किलो मिटर पर हावर स्पीडमा २ हजार मिटर माथीबाट  जीप लाइनमा झर्दा एक्सन मुभीमा काम गर्दाको सम्झना आएको उनले सुनाए। जीवनमै नयाँ अनुभव भएको पनि उनले बताए। जीपलाइनबाट तल झर्दा चील झै आकाशमा उडे जस्तै रमालो अनुभव भएको पनि उनले बताए।

स्वीङ गर्दा पनि निकै रमाइलो लागेको उनले बताए। स्वीङ गर्दा छोटो तर निकै रमाइलो अनुभव भएको उनले बताए। नदी किनारमा स्वीङमा रमाउन पाउँदा सारै रमाइलो लागेको पनि उनले सुनाए। हाइग्राउण्ड एडभेन्चर्स नेपालले यस्तो रमाइलो खेल सञ्चालन गरेको र आफूले अनुभव लिन पाएकोमा निकै खुशी लागेको पनि उनले बताए। यसकालागी हाइग्राउड एडभेन्चर्स टिमलाई धेरै धन्यवाद उनले भने। 

बलिउड अभिनेता विवेक ओबराय साहसिक खेल जीप लाइन र स्वीङमा रमाउँदा निकै खुशी लागेको  हाइग्राउण्ड एडभेन्चर्स नेपालका निर्देशक दिनेश महर्जनले बताए। बलिउडका चर्चित कलाकार नेपालमा आएर यस्ता साहसिक  खेलका गतिविधिमा सहभागी भएर समाजिक सञ्जालमा राख्दा नेपालको पर्यटन प्रवद्धनमा महत्वपूर्ण रहने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.