पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतिले डेमो उडान गर्दै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतिले डेमो उडान गर्दै

पोखरा : निर्माण सम्पन्न भएर सञ्‍चालनको तयारीमा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आज बुद्ध एयर र यति एयरले प्रदर्शन (डेमो) उडान गर्दै छन् । 
बुद्ध एयरले दिउँसो २ बजे डेमो उडान गर्ने गरी तयारी गरेको बुद्ध एयर पोखराका प्रमुख गौतम बरालले जानकारी दिए । ७० जना क्षमताको जहाज पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने गरी डेमो उडान गर्ने तयारी रहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए । 

यति एयरले पनि उति नै समयमा उडान गर्ने बताएको छ । ७० सिट क्षमताका जहाज पुरानो विमानस्थलबाट नयाँमा अवतरण गर्ने गरी डेमो उडानको तयारी गरिएको यति एयर पोखरा प्रमुख राम लामिछानेले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन जनवरी १ बाट संचालनको तयारीमा छ । 

विमानस्थल संचालनको तयारीकालागि आवश्यक तयारी भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख बिक्रम गौतमले बताए । कर्मचारीलाई आवश्यक तालिम दिने देखि अफिस व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको बताएको छ । 

आयोना बनाउन जग्गा अधिग्रहण गरेको ४६ वर्ष पछि सरकारले सन् २०२१ जुलाई १० भित्र सम्पन्न गर्ने गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास २०७३ वैशख १ गते भएको थियो । कोरोनाको कारण सामान आयात प्रभावित र कामदार अभाव भएपछि एक वर्ष म्याद थपिएको थियो । 

विमानस्थल निर्माणको काम सुरु गरेको ५ वर्षमा निर्माण सम्पन्न भएको हो । कोरोना महामारीका कारण २६ असोज २०७८ मा निर्माण सम्पन्न हुनु पर्नेमा ढिला भएको चिनियाँ निर्माण कम्पनीले बताएको थियो ।  

विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच ८ जेठ २०७१ मा सम्झौता भएर निर्माण सुरु भएको थियो । २०७८ चैत १२ गते चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा रहदा निर्माण कम्पनीले विमानस्थलका काम बाँकै रहदै नयाँ विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरेको थिए । 

निर्माण सम्पन्न नहुँदै विमानस्थल हस्तान्तरण भएको भन्दै त्यतीबेला आलोचना भएको थियो ।  चीनको झन्डै २२ अर्ब सहुलियतपूर्ण ऋणमा विमानस्थल निर्माण भएको हो । २०३२ सालमा पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि जग्गा अधिग्रहण गर्न सुरु भएको थियो ।

 ३८ सय ९९ रोपनीमा विमानस्थल रहेको आयोजनाले जनाएको छ । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मापदण्डभित्र रहेर फोरडी मोडलमा विमानस्थल बनेको हो । यस विमानस्थलमा बोइङ ७५७ र एआरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्ने बताइएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.