पर्यटन दशकको रणनीतिक कार्ययोजना तयार

पर्यटन दशकको रणनीतिक कार्ययोजना तयार

काठमाडौं : नेपाल पर्यटन दशक (२०२३-२०३२) को रणनीतिक कार्ययोजना तयार भएको छ। 

रणनीतिक कार्ययोजनाका रुपरेखा तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई बुझाएको छ।

कार्ययोजनामा नेपालमा सबै मौसम र वर्षैभरी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ सन् २०२३ देखि २०३२ सम्म हरेक वर्ष सम्पन्न गरिने कार्यक्रमबारे उल्लेख गरिएको छ। 

नेपाल आउने विदेशी पर्यटकको संख्या सन् २०३२ सम्ममा ३५ लाख पुऱ्याउने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै आगामी दुई वर्षभित्र पर्यटन क्षेत्रलाई कोरोना संक्रमणकालभन्दा पूर्ववत अवस्थामा पुऱ्याउने  कार्ययोजनामा उल्लेख छ। 

आगामी १० वर्ष भित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने कार्ययोजनामा उल्लेख छ।

विश्वव्यापी कोभिड महामारीका कारण विगत तीन वर्षमा पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएकोले दीर्घकालीन सोंच सहितको पुनरुत्थान आवश्यक भएकाले पर्यटन दशक (२०२३-२०३२) को अवधारणा ल्याइएको मन्त्री श्रेष्ठले बताए। 

नेपालको भौगोलिक, प्राकृतिक, वातावरणीय, सामाजिक, सांस्कृतिक, धार्मिक विविधतालाई पर्यटन क्षेत्रसँग आवद्ध गर्ने साथै पर्यटकीय सम्भाव्यताका आधारमा विशेष पर्यटकीय क्षेत्र घोषणा गरी त्यस्ता क्षेत्रमा बहुपक्षीय पूर्वाधारको विकास गर्ने कार्ययोजनामा उल्लेख छ। 

पर्यटकहरूको आगमनलाई अभिवृद्धि गर्न हवाई सेवालाई थप व्यवस्थित, नियमित र गुणस्तरीय बनाउँदै अन्य मुलुकका वायुयानहरूसँगको अन्तर सञ्जालमा आवद्ध गर्ने कार्ययोजनामा उल्लेख छ।

पर्यटन प्रवर्द्धन र क्षेत्रको विकास गर्न सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रको सहकार्य एवम् साझेदारीमा वृद्धि गर्ने, आन्तरिक, क्षेत्रीय एवम् विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रभावकारी बजारीकरणका लागि प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने तथा नयाँ पर्यटकीय क्षेत्रको पहिचान तथा प्रचार-प्रसार गरी प्रदेश सरकार र स्थानीय सरकारको प्रत्यक्ष सहभागितामा पर्यटनको लाभ स्थानीय समुदायसम्म पुग्ने कार्यक्रमहरू सञ्चालन गरिने कार्ययोजनामा उल्लेख छ।

नेपाल पर्यटन दशक (२०२३-२०३२) को रणनीतिक कार्ययोजना तयार गर्न पर्यटन विज्ञ प्रचण्डमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो। 

नेपाल पर्यटन दशकले विश्व पर्यटन बजारमा नेपाललाई अग्रणी स्थानमा स्थापित गर्न सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.