पोखरामा सुन्तला महोत्सव (फोटोफिचर)

पोखरामा सुन्तला महोत्सव (फोटोफिचर)

पोखरा : किसानलाई सोझै उपभोक्तासँग जोड्न पोखरामा सुन्तला महोत्सव भएको छ । पोखरा महानगरपालिका र किसान बजार व्यवस्थापन समिति बिरौटाको आयोजनामा आइबारदेखि ४ दिने सुन्तला महोत्सव सुरु भएको हो ।

महोत्सवमा पोखरा महानगरपालिकाका वडा नम्बर २१ को दोपहरे, फलेपाटन, हरोबोट र पोखरा २२ को खाल्से लगायतका क्षेत्रका किसानले उत्पादन गरेको सुन्तला बिक्रीका लागि राखिएको छ । 

किसानले उत्पादन गरेको सुन्तलाले उचित मुल्य पाउन भन्ने उद्देश्यले उपभोक्तासँग सोझै सम्पर्क स्थापित गर्न महोत्सवको आयोजना गरिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । 

महानगरपालिकाले किसानले उत्पादन गरेको कृषि उत्पादन सोझै उपभोक्तालाई बिक्री गर्न सहज होस भन्ने उद्देश्यले यसअघि नै महानगरका विभिन्न स्थानमा स्थायी संरचना बनाएर कृषि बजार केन्द्र स्थापना पनि गरिसकेको छ । 

महोत्सवमा सुन्तला खेती कसरी गर्ने, नयाँ बिरुवा रोप्दा एउटा बोट अर्को बोटको दुरी कति राख्ने, रोगको पहिचान, उपचार, खाद्यतत्वको व्यवस्थापन लगायतका विषयमा किसानलाई जानकारी पनि दिइने पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।

पोखरामा पछिल्लो समयमा दुई सय हेक्टरमा सुन्तला हुँदै आएको छ । आर्थिक वर्ष २०७६/०७७ मा पोखरा महानगरपालिका क्षेत्रका क्रिस्ती, निर्मलपोखरी, खाल्से, भरतपोखरी र अन्य केही स्थानमा भएको सुन्तला उत्पादनबाट ५ करोग ४० लाख बराबरको सुन्तला बिक्री भएको पोखरा महानगरपालिका कृषि महाशाखाको प्रमुख कडरियाले जानकारी दिए । यस वर्ष सुन्तला उत्पादन राम्रो भएकोले ७ करोड बराबरको उत्पादन हुने आंकलन गरेको उनले सुनाए ।  

२०५० सालसम्म पोखराको मुख्य बजार मालेपाटन, मासबार, बाटुलेचौर, लामाचौर, हेमजा लगायतका क्षेत्रमा सुन्तलाको पकेट क्षेत्र थियो । ५० यता भने बजार क्षेत्रका सुन्तला टुप्पो सुक्ने र जरा कुहिने रोगका कारण मासिएको कृषि महाशाखाले जनाएको छ ।

७० को दर्शकमा सिट्स ग्रिनिङ रोग उकालो लाग्दै मास्ठाना, भरतपोखरी लगायतका क्षेत्रमा फैलन पुगेर त्यस क्षेत्रका सुन्तला पनि मासिदै गएको कडरियाले बताए । अहिले राम्रो सुन्तला उत्पादन भइरहेका पकेट क्षेत्र पोखरा २१ र २२ का सुन्तलाको बगैचामा पनि पाँच वर्षअघिदेखि यो रोग देखा परेर बोट मार्न थालेको पोखरा २१ दोपरेका किसान खिमलाल सुवेदी (नारायण) ले  सुनाए ।  

दक्षिण तर्फ फर्केका सुक्का क्षेत्र र कम उचाईका क्षेत्रका सुन्तलाको बोट मरेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमख कडरियाले जानकारी दिए । सिट्स ग्रिनिङका कारण सुन्तला रास भएकोले बोटको आयु लम्ब्याउने र नयाँ क्षेत्र विस्तार गर्नेतर्फ महानगरपालिकाले किसानलाई सहयोग गर्दै आएको बताए । 

सुन्तला महोत्सवमा सांस्कृतिक नृत्य, गीत, सुन्तला खाने प्रतियोगितालगायतका कार्यक्रम पनि  गरिएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका उपमेयर मञ्जु गुरुङले किसानले मेहनत गरेर उत्पादन गरेको सुन्तला, तरकारी, खाद्यन्नले उचित मूल्य पानु पर्छ भन्ने मान्यताले महानगरले ठाउँ ठाउँमा किसान बजार स्थापना गर्नुको साथै सुन्तला महोत्सव जस्ता कार्यक्रम आयोजना गरेको बताइन । 

सुन्तला खेतीको विषयमा भएको हाजीरजवाफ प्रतियोगितामा  फेदीपाटन प्रथम किसानबीच सुन्तला उत्पादनदेखि बजारीकरण विषयमा केन्द्रित भएर भएको हाजिरजवाफ प्रतियोगितामा पोखरा २१ फेदी पाटन कृषि समूह प्रथम भएको छ । पोखरा २१ को हरोबोट कृषि समूह दोस्रो र खाल्से कृषि समूह तेस्रो भएको छ । 

हाजिर जवाफ प्रतियोगितामा सुन्तला कस्तो हावापानीमा हुन्छ, नर्सरी कसरी बनाउने, रोग र किरा कस्ता कस्ता हुन्छन, बजारी करण लगायतका विषयमा प्रश्न सोधीएको थियो । प्रतियोगितामा विजयीहरुलाई क्रमश ३ हजार, २ हजार र १ हजार नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो । पुस दश गतेदेखि सुरु भएको सुन्तला मोत्सव १३ गते सम्म पोखरा १७ बिरौटा चोकम हुनेछ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.