पौष १७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेशप्रमुख समक्ष सिफारिस गर्ने निर्णय

पौष १७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेशप्रमुख समक्ष सिफारिस गर्ने निर्णय

विराटनगर : प्रदेश १ प्रदेशसभाको प्रथम अधिवेशन आउँदो पौष १७ गते बस्ने भएको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकको निर्णयबमोजिम आउँदो आइतबार प्रदेश सभाको पहिलो बैठक बस्ने भएको हो। 

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पौष १७ अपरान्ह १ बजेका लागि प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको छ। बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। 

प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले बताए।

बैठकमा प्रदेशसभा बैठक बोलाउने बाहेकका अन्य कार्यसूची नभएकाले अन्य कुनै निर्णय नभएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.