अर्थमन्त्रीले वार्ताका लागि बोलाएपछि मोरङका उद्योगीको आन्दोलन स्थगित

अर्थमन्त्रीले वार्ताका लागि बोलाएपछि मोरङका उद्योगीको आन्दोलन स्थगित

विराटनगर : चर्को ब्याजदर र प्रतिकूल मौद्रिक नीतिविरुद्ध आन्दोलित बनेका मोरङका उद्योगी–व्यवसायीले आन्दोलन स्थगित गरेका छन्। 

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि बोलाएपछि उद्योगीहरूले तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका हुन्। 

सोमबार अर्थमन्त्री नियुक्त भएका पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्ताका लागि काठमाडौं बोलाएका थिए। अर्थमन्त्रीले वार्तामा बस्न बोलाएपछि आन्दोलन तत्कालका लागि स्थगित गरिएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए। 

वार्तामा माग सम्बोधन नभए आन्दोलनका कार्यक्रमहरू पुनः अघि सारिने उनले चेतावनी समेत दिए। अर्थमन्त्रीसँगको वार्ताका निम्ति मोरङका उद्योगी/व्यावसायीहरूको ६ सदस्यीय टोली मङ्गलबार नै काठमाडौंका लागि प्रस्थान गरेको छ। 

वार्ता टोलीमा भैरहवा, बुटवल, नेपालगञ्ज र काठमाडौं उद्योग वाणिज्य संघका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको जनाईएको छ।

चर्को ब्याजदर र प्रतिकूल मौद्रिक नीतिविरुद्ध आन्दोलित बनेका मोरङका उद्योगी/व्यवसायी बिहीबार बिहानदेखि विराटनगरस्थित नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय अगाडि धर्ना दिँदै आइरहेका थिए। 

बैंकको मुलद्वारमा धर्ना दिँदै आएका उनीहरूले आफ्ना ५ बुँदे माग अघि सारेका थिए। १६ प्रतिशतमा पुगिसकेको ब्याजदर एकल अङ्कमा झार्नुपर्ने, स्प्रेड दरलाई ४.४ बाट घटाएर २ प्रतिशत कायम गर्नुपर्ने, संस्थागत निक्षेपको ब्याज २ प्रतिशत बनाउनुपर्ने, चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने तथा बैंकर र व्यवसायी अलग गर्नुपर्ने उनीहरूका प्रमुख माग हुन्।

आन्दोलनका क्रममा सोमबार उनीहरूले बैंकका कर्मचारीहरूलाई समेत बैंकमा प्रवेश दिएका थिएनन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.