आहा ! रारा पोखरा गोल्डकप पुष १४ गतेदेखि

आहा ! रारा पोखरा गोल्डकप पुष १४ गतेदेखि

पोखरा : मोफसलको चर्चित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता पुस १४ गतेदेखि २३ गतेसम्म पोखरा रंगशालामा हुने भएको छ। 

२२ औं संस्करणको गोल्डकपमा एक विदेशी टिमसहित १० टिमको सहभागिता रहने आयोजक सहारा क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए। 

प्रतियोगितामा ए डिभिजनका क्लबहरू, मोफसलका टिमहरू, आयोजक सहारा क्लब र विदेशी टिमको सहभागिता रहने छ। 

प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्याङ्दी क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुट्निज युथ स्पोट्स क्लब मिनोसोटा अमेरिका, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन्। 

प्रतियोगिताको पुरस्कार राशि पनि वृद्धि भएको छ। प्रथम पुरस्कार २ लाख वृद्धि गरेर १२ लाख पुर्‍याइएको छ। यस्तै द्वितीय पुरस्कार १ लाख थप गरी ६ लाख कायम गरिएको आयोजक सहारा क्लबका अध्यक्ष सुरज गुरुङले जानकारी दिए। 

बेस्ट अफ फाइभ नगद पुरस्कार २५ हजार रहेको छ। सर्वाधिक गोलकर्ता नगद पुरस्कार २५ हजार र प्रत्येक खेलमा म्यान अफ दि म्याच नगद पुरस्कार ८ हजार दिइनेछ। 

प्रतियोगिताको कुल आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैयाँ हुने आयोजकको विश्वास  छ। कुल खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान गरिएको छ। 

गत वर्षको विजेता एपीएफ क्लब र उपविजेता मनाङ मर्स्याङ्दी क्लब रहेको थियो। २०५५ सालमा पोखराको पुराना बसपार्कमा स्थापित सहारा क्लब पोखराले आयोजना गर्ने प्रतियोगिता देशकै महत्वपूर्ण प्रतियोगिता अन्तर्गत पर्दछ। 

यस प्रतियोगिताको पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकका रूपमा देशकै पहिलो चाउचाउ कम्पनी हिमश्री फुड्स प्रालि रहेको छ। 

यस प्रालिले रारा तथा आहा लगायतका चाउचा उत्पादन गर्दै आएको छ। युक्रेनमा भएको आक्रमणपछि विश्वमै गहुँ मैदा महंगो भएर उत्पादनमा असर परेको जटिल अवस्थामा पनि खेलकुद क्षेत्रको विकासका लागि केही गर्नुपर्छ भनेर हिमश्री फुड्स प्रालिले गोल्डकप निरन्तर सञ्चालनका लागि मुख्य प्रायोजकका रूपमा थप दश वर्ष सहकार्य गर्ने निर्णय गरिएको निर्देशक किरण केसीले जानकारी गराए। 

प्रतियोगिताबाट सञ्चालनबाट बचेको रकम क्लबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने अध्यक्ष गुरुङले बताए। हाल तेस्रो ब्याचको एकेडेमीमा १० जिल्लाका १३ जना बालकहरू रहेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.