प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा सहमतिको प्रयास विफल, शुक्रबार निर्वाचन

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा सहमतिको प्रयास विफल, शुक्रबार निर्वाचन

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा सहमतिको प्रयास विफल भएपछि शुक्रबार निर्वाचन हुने भएको छ।

सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन हुन नसकेपछि शुक्रबार विराटनगरमा चुनाव हुने भएको हो। 

हातैमा आइसकेको प्रदेश सरकारको नेतृत्व गर्ने अवसर गुमेपनि कांग्रेसले भने चुनावी प्रतिस्पर्धाबाट दलको नेता चयन गर्ने तयारी गरेको हो। 

चुनावका निम्ति कांग्रेस संसदीय दलको नेतामा संस्थापन पक्षबाट अमृत अर्याल र उद्धव थापाले उम्मेदवारी दिएका छन्। संस्थापन इतर पक्षबाट केदार कार्की एक्लैले उम्मेदवारी दर्ता गराएका छन्। 

कांग्रेस संसदीय दलको नेतामा सिटौला समुहबाट यसअघि भीम पराजुली आकाङ्क्षी देखिएपनि अन्तिम समयमा भने उनी ब्याक सरेका छन्। 

पराजुली ब्याक सरेपछि दलको नेताका लागि संस्थापन पक्षबाट पार्टीका केन्द्रीय सदस्य अर्याल, सिटौला समूहबाट पार्टी प्रदेश समितिका सभापति थापा र कोइराला समूहबाट कार्कीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको छ।
 
संसदीय दलको नेतामा उम्मेदवारी दिएका अर्यालको प्रस्तावकमा डोल्मा तामाङ र समर्थकमा सुनिता कुमारी गुरुङले हस्ताक्षर गरेकी छिन्। थापाको प्रस्तावकमा भीम पराजुली र समर्थकमा भुपेन्द्र राई तथा कार्कीको प्रस्तावकमा रामकुमार खत्री र समर्थकमा शमशेर राई रहेका छन्।

निर्वाचन समितिले बिहीबार दिउँसो १२ देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो। चुनाव भने शुक्रबार बिहान ९ देखि १० बजेसम्म विराटनगरको बरगाछीस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालयमा हुने जनाइएको छ। 

मुलुकको राजनीतिक परिदृश्यमा जुनसुकै बेला परिवर्तन हुनसक्ने सम्भावना रहेकाले कांग्रेस संसदीय दलको नेतामा तीनैवटै पक्षबीच प्रतिस्पर्धा हुन लागेको विश्लेषण समेत गरिएको छ।

९३ सदस्यीय प्रदेशसभामा कांग्रेस दोस्रो ठुलो दलका रूपमा रहेको छ। प्रत्यक्षतर्फ १७ र समानुपातिकबाट १३ गरी प्रदेश सभामा कांग्रेससँग जम्मा २९ जना सांसद छन्। 

कांग्रेसको विधानअनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनुपर्छ। त्यसका लागि १५ मत आवश्यक पर्छ। हालसम्मको अवस्थामा कोइराला समूहको प्रभाव क्षेत्र मानिने प्रदेश १ मा पनि सबैभन्दा बलियो अवस्थामा सभापति देउवा समूह नै देखिन्छ।

१४ औं महाधिवेशन ताकाकै अवस्था विद्यमान रहेको अवस्थामा देउवा पक्षमा ११ देखि १२ सांसद देखिन्छन् भने सिटौला र शेखरका पक्षका सांसदको संख्या समान ९–९ जना छ। तर, केही सांसदलाई देउवा र शेखर समूह दुवैले आफ्नो समूहमा राखेको बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.