विराटनगरमा ३ दिने सडक महोत्सव हुने

विराटनगरमा ३ दिने सडक महोत्सव हुने

विराटनगर : विभिन्न जातजातिको सांस्कृतिक सभ्यतालाई जीवन्त राख्ने उद्देश्यका साथ विराटनगरमा पुनः एकपटक 'विराट सडक महोत्सव' आयोजना हुने भएको छ।

मन्जिना मुभिज क्रिएशनको आयोजनामा आउँदो माघ १२ गतेदेखि तेस्रो संस्करणको तीन दिवसीय सडक महोत्सव आयोजना हुने भएको हो। 

विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवबारे सम्पूर्ण जानकारी दिएको छ। यसअघि २०७६ सालमा महोत्सवको आयोजना गरेको थियो। त्यसपछि कोभिड महामारी लगायतका कारणले विगतका दुई वर्ष कार्यक्रम आयोजना हुन सकेन्। 

तर, यसपटक विगत झैं भव्य तयारीका साथ सडक महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका निर्देशक जतिन ताम्राकारले बताए। 

महोत्सवमा राजवंशी, मैथिल, लिम्बु र नेवार लगायतका विभिन्न जातजातिको सांस्कृतिक सभ्यता झल्किने प्रकृतिका कार्यक्रमहरू समेत रहने उनले जानकारी दिए।

माघ १२ देखि सुरु हुने सडक महोत्सव माघ १४ गतेसम्म चल्ने आयोजकले जनाएको छ। आयोजकका अनुसार महोत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरूको सांगीतिक प्रस्तुति रहने प्रबन्ध समेत मिलाइएको छ। 

आयोजक संस्थाका निर्देशक ताम्राकारले भने, ‘महोत्सवमा विभिन्न जातजातिको स्वादिष्ट परिकारका स्टलहरू पनि रहनेछन्। यसपटक कुल ४० स्टलको बुकिङ खुल्ला गरेका छौं।’

यसपटकको सडक महोत्सव पनि विगत झैं विराटनगरको ट्राफिक चौकदेखि महेन्द्र चौक जोड्ने हिमालय रोडमा आयोजना हुने बताइएको छ। 

मोरङ, सुनसरी र झापासहित छिमेकी मुलुक भारतको अररिया जिल्लाका गरी करिब एक लाख सर्वसाधारणले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ। 

३१ लाख खर्च हुने अनुमान गरिएको सडक महोत्सवको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले गर्ने तयारी छ। सडक महोत्सवको मुख्य प्रर्वद्धक पनि महानगरपालिका नै रहेको छ।

विराटनगरमा यसअघि १ दशक पहिले प्रथमपटक सडक महोत्सव आयोजना गरिएको थियो। त्यस आधारमा यसपटकको सडक महोत्सव तेस्रो श्रृङख्लाको हो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.