विराटनगरमा सिटी बस सञ्चालनको तयारी

विराटनगरमा सिटी बस सञ्चालनको तयारी

विराटनगर : विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र सिटी बस सञ्चालन गर्ने भएको छ। सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्ने भएको हो। प्रारम्भिक चरणमा १८ वटा सिटी बस सञ्चालनको तयारी रहेको महानगरले जनाएको छ। 

महानगरका अनुसार निजी क्षेत्रसँगको साझेदारीमा नगर बस सञ्चालन गर्ने गृहकार्य भइरहेको छ। यसअघि पनि विराटनगरले नगर बस सञ्चालन गर्ने योजना बनाएको थियो।

तर, विविध कारणले उक्त योजना सफल हुन सकेन्। यसपटक विस्तृत कार्ययोजनासहित बस सञ्चालनको तयारी गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए। महानगरको रुटमा कुद्ने गरी बस सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए।

बस वातानुकुलित सुविधा सहितको हुने महानगरले जनाएको छ। महानगरका अनुसार सिटी बसमा वृद्धवृद्धाहरूले निःशूल्क आवागमन गर्न पाउने छन्। बसमा महिला र विद्यार्थीहरूलाई पनि विशेष सहुलियत प्रदान गरिने जानकारी दिईएको छ। 

बस सञ्चालनका लागि रुट पनि तयार भइसकेको मेयर कोइरालाले अन्नपूर्णलाई बताए। बस सेवा सञ्चालनका लागि प्रदेश लगानी बोर्डसँग आवश्यक समन्वय भइरहेको उनले जानकारी दिए। 

बस सञ्चालनका लागि महानगरपालिकासँग श्रीपदी ट्रेडिङले साझेदारी गर्ने बताईएको छ। प्रदेश सरकार गठन पश्चात बाँकी रहेका प्रक्रिया अघि बढाइने जनाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.