बीवाईएससी सेमीमा

बीवाईएससी सेमीमा

पोखरा : ६ पटकको विजेता मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै भुटनिज युथ सकर क्लब मिनेसोटा अमेरिका २२औं संस्करणको आहारारा पोखरा गोल्डकपको सेमिफाइलनमा पुगेको छ। 

आमन्त्रित टोली भुटनिज युथको जितमा प्रविन बस्नेत नायक बने। उनले खेलको १८औं मिनेटमा हेक्टर ओर्टेगाको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। बक्सभित्र मनाङ मस्र्याङ्दीका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई बस्नेतले सेकेन्ड बार च्याप्दै गोल गरेका थिए। 

मनाङले पुरै खेलमा खासै उल्लेख्य प्रदर्शन गर्न सकेन।  खेलको ४४औं मिनेटमा लक्ष्मण रुचालले हानेको सट बीवाईएससीका डिफेन्डर ओर्टेगाले बचाएका थिए। खेलको ७०औं मिनेटमा बीवाईएससीका थोमस सकरले प्रहार गरेको बललाई मनाङका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए। 

७२औं मिनेटमा गोलरक्षक बिट भइसकेको अवस्थामा बीवाईएससीका मिगुलले प्रहार गरेको बल बाहिरिएको थियो। खेलको ८४औं मिनेटमा बीवाईएससीका रोजिन प्रजापतिको प्रहारलाई मनाङका डिफेन्डर रमेश थापाले गोललाइनबाट क्लियर गरेका थिए। बीवाईएससीले पाएका धेरै अवसर खेर फालेको थियो। बीवाईएससीका प्रविन बस्नेत म्यान अफ दी म्याच बने। 

खेलपछि मनाङका प्रशिक्षक किरण श्रेष्ठले आफ्ना केही खेलाडी घाइते हुनु र नयाँ खेलाडी भएकाले सेट हुनु अघि नै गोल खाँदा खेलमा फर्कन कठिन भएको बताए। उनले दुई दिन अघि मात्रै क्लबको जिम्मेवारी समालेका थिए। डेब्यु प्रशिक्षक श्रेष्ठले जितबाट आफ्नो यात्रा सुरु गर्न भने सफल भएनन्। 

बीवाईएससीका प्रशिक्षक प्रदीप हुमागाईंले लामो यात्रा गरेर आएका आफ्नो खेलाडी थकित भए पनि राम्रो प्रदर्शन गरेको बताए। उनले अबको खेलमा थप सुधार गरेर अघि बढ्ने बताए। बुधबार पहिलो सेमिफाइल खेल एपीएफ र संकटा क्लबबीच हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.