प्रदेश १ को आन्तरिक मामिलाले सार्वजनिक गर्‍यो एक वर्षे कामको विवरण

प्रदेश १ को आन्तरिक मामिलाले सार्वजनिक गर्‍यो एक वर्षे कामको विवरण

विराटनगर: प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय एक वर्षे कार्यप्रगति विवरण सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलन गर्दै मन्त्रालयले बुधबार कार्यप्रगति विवरण सार्वजनिक गरेको हो। २०७८ कात्तिक १६ गते तेस्रोपटक गठन भएको प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले गरेका काम सार्वजनिक गरिएको छ।

एक वर्षमा मन्त्रालयले विराटनगर महानगरपालिकाभित्र मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय र प्रदेशसभा भवनलाई जग्गा ग्रहणको प्रक्रिया थाल्नुलाई मन्त्रालयले उपलब्धी मानेको छ। यो अवधिमा ग्रामथान, बुढीगङ्गा र सुन्दरहरैंचाको मध्यबिन्दुमा पर्ने गरी मन्त्री आवासको निर्माण गर्न जग्गाप्राप्तिको प्रक्रिया अगाडि बढाईएको उल्लेख छ।

प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री केदार कार्कीले सात प्रदेशमध्ये प्रदेश नं. १ शान्तिसुरक्षाको कार्यसम्पादनमा पहिलो बनेको दावी गरे। यो अवधिमा मन्त्रालयमा बेरुजु शून्य भएको उनले बताए। 

विपन्न नागरिकलाई निःशुल्क कानुनी सहायता प्रदान गर्न बजेट विनियोजन, लागुऔषध प्रयोगकर्तालाई निरूत्साहित गर्न आवश्यक परामर्शको तयारी, विराटनगरको रानीदेखि धरानसम्म सीसीटीभी क्यामेरा जडान र विपतबाट प्रभावित निजी आवासहरूको पुनःस्थापनाका लागि प्रदेश सरकारको ३० प्रतिशत लागत सहभागिता रहने गरी बजेट समेत विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.