संकटा उपाधि नजिक

संकटा उपाधि नजिक

पोखरा : सशस्त्र प्रहरीको एपीएफ क्लबलाई फराकिलो गोल अन्तरले पन्छाउँदै संकटा क्लब २२औं संस्करणको आहारारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ। विभागीय टोली एपीएफलाई ४–१ गोलले हराउँदै संकटा फाइनल पुगेको हो। 

यसअघि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई क्वाटरफाईनलमा पराजित गरेको संकटाले एपीएफलाई पनि सहज रुपमा पन्छाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। एपीएफलाई पराजित गर्न अफ्रिकन खेलाडी नायक बने। खेलको  पाँचौं मिनेटमै स्टेफन विनोङले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। एपीएफका दुई डिफेन्डर र गोलरक्षकबीच आपसी समन्वय नहुँदाको फाइदा उठाउँदै राजु नगरकोटीले क्लियर गर्न खोजेको बल स्टेफनले गोल गरेका थिए। 

त्यसपछि ४३औं मिनेटमा संकटाका मेसुके ओलोमोउले गोल गर्दै एपीएफलाई थप दबाबमा राखेका थिए। स्टेफन विनोङको क्रसपासमा मेसुकले गोल गरेका थिए। खेलको ६१औं मिनेटमा स्टेफनले काउन्टर एट्याकमा व्यक्तिगत दोस्रो गोल गरे। सेन्टर एरिया नजिकबाट लगेको बल गोलरक्षकलाई बिट गर्दै उनले गोल गरेका थिए। 

एपीएफले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि गोल गर्न सकेन। खेलको ७४औं मिनेटमा बैकल्पिक खेलाडी हरि कार्कीले सान्त्वना गोल गरेका थिए। आवास लामिछानेको पासलाई सदुपयोग गर्दै कार्कीले गोल फर्काएका हुन्। ८६औं मिनेटमा संकटाले गोल अन्तर फराकिलो बनाएको थियो। आन्दे्र थिएरीको लङ फ्रिकिकलाई उपयोग गर्दै मेसुकेले व्यक्तिगत दोस्रो गोल गरेका थिए। खेलमा दुई गोल गरेका स्टेफन म्यान अफ दी म्याच घोषित भए। 

एपीएफले पहिलो हाफमा केही राम्रो अवसर सिर्जना गरेको थियो। खेलको तेस्रो मिनेटमै युवराज खड्काले संकटाका डिफेन्डरलाई छल्दै प्रहार गरेको बल आन्द्रे थिएरीले क्लियर गरेका थिए। खेलको ३९औं मिनेटमा सनिश श्रेष्ठको पासमा बुद्धिमान राईको हेडर संकटाका गोलरक्षकको हातमा परेको थियो। खेलको ६६औं मिनेटमा एपीएफका विकु तामाङले वान भर्सेस वानको अवस्थामा प्रहार गरेको बल संकटाका गोलरक्षकले क्लियर गरेका थिए। 

खेलपछि प्रतिक्रिया दिँदै संकटाका प्रशिक्षक सल्यान खड्गीले समग्रमा टोलीले नै राम्रो खेल खेलेको बताए। फाइनलमा जित निकाल्ने गरी तयारीमा लाग्ने पनि उनले सुनाए। एपीएफका प्रशिक्षक रत्नकाजी मानन्धरले आफ्ना डिफेन्डरको समन्वय नमिल्दा हार बेहोर्नु परेको बताए। 

सहारा क्लबको आयोजनामा पोखरामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भुटनिज युथ स्पोर्ट्स क्लब मिनेसोटा अमेरिका र चर्च ब्वाइजबीच हुनेछ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.