विपन्न ६० घरधुरीलाई सोलार
जाजरकोट : जिल्लाको शिवालय गाउँपालिकामा ६० विपन्न घरधुरीलाई सोलार सेट वितरण गरिएको छ।
गाउँपालिकाको समन्वय र सहास नेपाल पाइला परियोजनाको सहयोगमा सोलार वितरण गरिएको हो।
निःशुल्क सोलार पाएपछि स्थानीय निकै खुसी भएका छन्। एक वर्षमा शिवालय गाउँपालिकाभित्र विद्युतीकरण गरी सक्ने प्रतिबद्धता व्यक्त गरे।
विद्युतीकरण नहुँदा गाउँलेहरू अहिले पनि टुकी र दियालोको भरमा पर्न बाध्य छन्।