झापाको बाह्रदशीमा ट्याक्टरले किच्दा बालकको घटनास्थलमै मृत्यु

झापाको बाह्रदशीमा ट्याक्टरले किच्दा बालकको घटनास्थलमै मृत्यु

झापा : झापाको बाह्रदशीमा ट्याक्टरले किच्दा एक बालकको घटनास्थलमै मृत्यु भएको छ। 

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-६ निवासी पूर्णबहादुर खातीको ४ वर्षीय छोरा फडिन्द्र खाती रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। 

प्रहरीका अनुसार शनिबार दिउँसो डेढ बजे राजगढ बिर्तामोड सडक खण्डअन्तर्गत बाह्रदशी-६ स्थित बाह्रदशीडाँडा नजिकै दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको प्र-१-०१-००१ त ८९५९ नम्बरको इँटा लोड भएको ट्याक्टरले बाटो काट्दै गरेको पैदलयात्री बालक खातीलाई ठक्कर दिएको थियो। 

ट्याक्टरको अगाडिको चक्काले किच्दा बालकको घटनास्थलमै मृत्यु भएको छ। यता ट्याक्टर तथा ट्याक्टर चालक पाँचथर जिल्ला हिलिहाङ गाउँपालिका-३ निवासी २६ वर्षीय विवेक मेनेङबो लिम्बुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.