साथीको योजनामा अपहरण, हत्यापछि भ्वाइस रेकर्ड सुनाएर फिरौती माग

साथीको योजनामा अपहरण, हत्यापछि भ्वाइस रेकर्ड सुनाएर फिरौती माग

जनकपुरधाम : साथीको योजनामा जनकपुरका दुई युवकको भारत विहारस्थित सितामढीको पर्सामा हत्या भएको खुलेको छ। 

जनकपुरधामबाट आफन्तको घर जान्छु भनेर निस्किएका युवकहरूलाई भारतको विहार राज्यको परिहार थानाअन्तर्गत पर्सा गाउँको खेलमैदानमा शव भेटिएको थियो। 

जनकपुरधाम उप-महानगरपालिका-८ बस्ने जगदिश साहका २२ वर्षीय छोरा रोहित र जनकपुर-१३ बस्ने रामबाबु साहका २० वर्षीय छोरा विष्णुको हत्या प्रहरीले पुष्टि गरेको छ। 

गत पुस २७ गते साँझ ४ बजे जनकपुरबाट मोटरसाइकलमा दुवै जना भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर निस्किए। 

घरबाट निस्किएका उनीहरू त्यही साँझबाट मोबाइल स्विच आफ आइरह्यो। एकाएक बेपत्ता भएका दुवै जनाको परिवारलाई २९ गते शुक्रबार विष्णुको मोबाइल नं. ९८१९६२७४७६ बाट अपहरणकारीले सोमबारसम्म ५० लाख रुपैयाँ फिरौती माग गरे। 

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘अपहरणकारीले विष्णु र रोहितलाई अपरहण गरेर रातभरी राखेपनि चिन्ने डर र भाग्ने सक्ने अवस्थालाई मध्यनजर गरेर अपहरणको भोलिपल्टै बरदात गरेको देखिन्छ। 

तर पैसा असुली गर्नका लागि हत्याभन्दा पहिले पटक-पटक फरक प्रकृतिका भ्वाइस रेकर्ड गरेर फिरौती माग गरेको देखिन्छ।’ 

‘हत्या गर्नुभन्दा पहिले दुवैजना सकुशल रहेको र पैसा पठाइदिने जस्ता भ्वाइस रेकर्ड गरेर राखेको र सोही भ्वाइस रेकर्ड सुनाएर जनकपुरमा रहेका विष्णुका बुवा रामबाबु साहको मोबाइलमा फोन गरी तपाइको छोरा हाम्रो कब्जामा छ। पैसा लिएर आउनुस् र आफ्नो छोरा लिएर जानुस् भनेर पटक-पटक फोन आएको र ५० लाखको डिल १० लाखमा फाइनल भएको अनुसन्धानमा देखिएको छ। अनुसन्धान अधिकृत भने, ‘अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर पटक-पटक फोन गर्ने र फोनबाट भ्वाइस रेकड सुनाएर दुवै जना सकुशल रहेको विश्वास दिलाएर फिरौती माग्ने गरेको थियो।’

सूचना प्रहरीमा परिवारले मौखिक जानकारी पश्चात अपहरणकारीलाई २० लाख दिन राजी भए। अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा सिमावर्ती नाकामा बोलाएपछि परिवारजन माग भएबमोजिमको रकम लिएर गए। 

भारतीय प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा युवकहरूलाई अपहरण मुक्त गराउन लागिपरेको बेलामा मंगलबारबाट अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए। 

यता आइतबार बिहान दुई शव गाडेको अवस्थामा फेला परेपछि बिहान मृतक युवकहरूको आफन्तहरूलाई भारतीय प्रहरीले बोलाएको थियो। 

उनीहरूको शव भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएर पोष्टमामार्टमका लागि सितामढी जिल्ला अस्पतालमा लगिएको भारतीय प्रहरीलाई उद्दृत गर्दै धनुषा प्रहरीले जनाएको छ।

‘अपहरणको जानकारी पश्चात् भारतीय प्रहरीसँग समन्वय गरेर खोजतलासमा सक्रियपूर्वक लागेका थियौं। अपहरणकारीले पठाएको रेकर्ड परिवारजनले हामीलाई समयमा उपलब्ध गराएनन्। हाम्रो अनुसन्धान चल्दै गर्दा अशुभ समाचार सुन्नुपर्‍यो। दुर्भाग्यवश हामीले बचाउन सकेनौं।’ 

घटनापछि भारतीय प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 
घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरी समेत विष्णुका साथी महोत्तरी घर भई मनराशिस्वा नगरपालिका-२ ईटहर्वा बस्ने किसन कुमार पण्डित र सोही स्थान बस्ने २४ वर्षीय मुकेश पासमानलाई धनुषा प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरेको जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.