'मधेसमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्छु'

'मधेसमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्छु'

मधेस प्रदेशमा मन्त्रिमण्डल विस्ताको बहस जारी छ। केन्द्रमा राजनीतिक भागबण्डा मिलाउँदा मधेस प्रदेशमा जसपा र जनमत पार्टीबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने समझदारी अनुसार जसपाका सरोजकुमार यादव मुख्यमन्त्री बनेका छन्। मधेसको प्रदेश सभामा युवा नेताको उपस्थिति बढेको छ। 

मधेसलाई समृद्ध बनाउने भन्दै नेकपा माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी प्रदेश सभामा सक्रिय भएर लागेका छन्। पर्सा क्षेत्र नं १ को (क)बाट निर्वाचित उनले जनअपेक्षा पूरा हुने गरी कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने दावी गर्छन्। प्रदेश सभा सांसद अन्सारीसँग अन्नपूर्णकर्मी गोविन्द महतोले गरेको कुराकानीको सम्पादित अंश:

संविधान सभा, स्थानीय तह निर्वाचनमा पराजित तपाइँलाई प्रदेश सभामा जनताले जिताए। यो जितलाई कसरी लिनुभएको छ?

जित/हार ठूलो कुरा होईन्। हारपछिको जित सुखानुभुत हुनेरहेछ। ०७४ को निर्वाचनमा पाएको माया सद्भाव र सहानुभुतिलाई सँगाल्दै म जनतासँगै बसेँ। जनजीविकाका समस्या हल गर्ने सारथी बने। जनतासँगको सहकार्य र जनजीविका सहज बनाउन गरेको प्रयासले यो पटक मैले जितेको हो। 

०७४ को स्थातीय तह निर्वाचन मेरो लागि नयाँ थियो। अहिलेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा लड्दा धेरै कुरा बुझ्न पाए। जनताका कुरा सुने, उहाँहरूका आवश्यकता र माग सकेसम्म पूरा गर्ने कोशिस गरेँ। पछिल्लो पाँच वर्ष निरन्तर जनताको घर आँगनमा जानुको परिणाम नै मेरो जित हो। मेरो काम र व्यवहारलाई चिनेर जनताले मत दिएका हुन्। मलाई जिताउन जनताले भूमिका खेल्नुभयो। अब म उहाँहरूका समस्या हल गर्न लाग्छु।

भोट माग्दाका जन अपेक्षा के थिए ? तपाइँका प्रतिवद्धता कसरी पूरा गर्नुहुन्छ?

मेरो क्षेत्रको जनताको मुख्य अपेक्षा जनप्रतिनिधिसँग नठगियोस् भन्ने नै छ। मेरो जितले उहाँहररूको यो अपेक्षा पूरा हुन्छ। म जनतालाई ठगिन दिन्न। भोट पाएको नेताले आफूहरूलाई नहेरेको गुनासो उहाँहरूको थियो। म हिजो, आज र भोलि जनताकै घर दैलोमा हुन्छु। जनतालाई कुनै अन्याय हुन दिने छैन।

निर्वाचनमा होमिदा पनि म प्रतिवद्धताको कञ्जुस उम्मेदवारको रुपमा चिनिए। मैले जे प्रतिवद्धता गरेको छु, त्यो पूरा गर्छु। मैले साधारण तर असाधारण परिवर्तनका प्रतिवद्धता जनतासामू गरेको छु। ती पूरा गर्छु। मेरो क्षेत्रका ८० प्रतिशत किसानका समस्या हल गर्न म लाग्छु। कृषिमा लगानी बढाउने र उत्पादनलाई बजारसम्म पुर्‍याउने संयन्त्रको विकास गर्ने, कृषिलाई आधुनिकीकरण गर्न  मेरो भूमिका रहन्छ।

शिक्षाको सुधारलाई प्राथमिकतामा राखेको छु। बालबालिकाको विकास नभएसम्म शिक्षाको सुधार हुदैन्। तराइँमा साना बच्चा भूइँमा बसेर पढ्न बाध्यछन्। प्लेग्रुप बालबालिकालाई मन्टेश्वरी आधारमा सिकाउने र क्रमश: उनीहरूको शैक्षिक विकास गर्ने योजनाबद्ध आधार मसँग छ। म गणितीय हिसाबले होइन शिक्षाको गुणस्तरीय विकासको योजना अघि बढाउनेछु। गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधारको विकासँगै विद्यालयलाई स्मार्ट बनाउने सोचमा छु।

जनतालाई स्वास्थ्यको पहुँचमा पुर्‍याउने, स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति र उपकरणको व्यवस्था गर्ने योजना मेरा छन्। हरे पालिकामा एक विशेषज्ञ सेवा हुनुपर्ने अवधारणासहित अघि बढेको छु। सकेको धेरै गर्छु।

यी काम मेरो प्राथमिकताका काम हुन्। जनताका अपेक्षा धेरै हुन्छन्। स्वभाविक पनि हो। कमिसन, चुहावटलगायतले आर्थिक विचलन हुन्छ। त्यसलाई म रोक्छु। आर्थिक अनियमितता रोक्ने काम अघि बढाउँछु। 

मधेसमा अब सत्ता समीकरण कस्तो बन्छ? तपाइँलाई मन्त्रीका रुपमा देख्न पाइन्छ?

संघीय सरकारको समीकरणकै क्रम मधेस प्रदेशमा पनि हुन्छ। केन्द्रीय समझदारी अनुसार जसपा र जनमत गरी दुई मधेसका पार्टी सरकारमा आउँछन्। मुख्यमन्त्रीको विषयमा आलोपालो कसरी चलाउने भन्ने विषयमा पनि एउटा सहमति हुन्छ। अहिलेकै सत्ता गठबन्धन सरकार हुन्छ त्यसमा कुनै द्विविधा छैन। 

अर्को म मन्त्री बन्ने भन्ने कुरा पार्टीको निर्णयले निर्धारण गर्छ। मेरो दावी नै भन्ने त छैन। तर राम्रो गरेर देखाउँछु भन्ने आँट चाहिँ छ।

मधेस प्रदेशमा माओवादी केन्द्रप्रति जनताको विश्वास त खस्कँदो देखियो नि ?

चुनावको परिणामलाई गणितीय विश्लेषण गर्दा तपाइँको कुरा सही हो। माओवादीको संघर्षबाट मधेसका जनतालाई प्राप्त उपलब्धीको प्रचार गर्न नसक्नु अर्को पार्टो हो। मधेसमात्र नभइ अन्य ठाउँमा पनि जनताले ज्यानको आहूती दिएर ल्याएको उपलब्धीलाई जस लिने गरी माओवादीले काम गर्न सकेको छैन। अहिले पनि मधेसका जनतालाई सम्बोधन गर्ने पार्टी नै माओवादी बाहेक अर्को छैन। 

उम्मेदवार छनौटका क्रममा भएका केही त्रुटीले पनि हिसाबमा माओवादी कमजोर भएको जस्तो देखिएको हो। कति ठाउँमा पार्टीको योगदान हुँदा हुँदै पनि उम्मेदवार रिजेक्ट भएका घटना पनि छन्।  अब यसलाई क्रमश: सुधार गर्दै लानुपर्छ।

पार्टी भित्रको आन्तरिक कलहले पनि केही ठाउँमा जनताले फरक विश्लेषण गर्छन्। पार्टीभित्रको व्यक्तिगत लडाइँले नै पार्टी आज यो स्थितिमा आएको हो। यसलाई पार्टीले मूल्यांकन गर्नुपर्छ। ससाना कुराले धेरै कमजोर जस्तो देखाएको छ। हामीले पाँच वर्षमा यी कुराको सम्बोधन गर्‍यौँ भने पार्टीले फेरि नयाँ रुप लिन्छ।

संघीयताको विषय पनि बहसमा छ। तपाइँ कसरी लिनुहुन्छ ? 

संघीयता नेपालको नयाँ अभ्यास हो। संघीयताको जुन मर्म छ त्यो अहिले पाँच वर्षमा पनि पुरा भएको देखिदैन्। हिजोको एकात्मक शासन प्रणालीलाई ब्रेक गर्दै आफ्नो निर्णय आफैँ गर्न सक्छौ भन्ने उद्देश्यले संघीयता आएको हो। यो अपरिहार्य छ। अब संघीय प्रणालीलाई व्यवस्थित बनाउन पर्छ। सही अभ्यास भए नेपालको विकासमा उपयोगी हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.