राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई सघाउनुपर्छ : गोकुल बाँस्कोटा

राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई सघाउनुपर्छ : गोकुल बाँस्कोटा

विराटनगर : नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रपति निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले एमालेलाई सघाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महांसघले सोमबार विराटनगरमा आयोजना पत्रकार सम्मेलनमा बोल्दै नेता बाँस्कोटाको यस्तो भनाइ आएको हो। 

उनले राष्ट्रपति निर्वाचनमा एमालेलाई नसघाए माओवादी केन्द्र भद्रगोल अवस्थामा पुग्ने जिकिर गरे। 

‘नेपालको राजनीति षड्यन्त्रदेखि षड्यन्त्रसम्म र गठबन्धनदेखि गठबन्धनसम्मको छ। त्यसैले एमालेका उम्मेदवारलाई माओवादीले सघाउनुपर्छ,’ उनले भने, ‘यो विषयमा यसअघि नै सहमति भइसकेको छ। अब माओवादीले आफ्नो नैतिकता देखाउनुपर्ने बेला आएको छ।’ 

राजनैतिक परिवर्तनको कारण देखाएर पन्छिन खोजे मुलुकमाथि नै संकट सिर्जना हुनसक्ने खतरा रहेको नेता बाँस्कोटाले बताए। 

षड्यन्त्रको राजनीतिले सधैं नपुग्ने भएकाले अब परिवर्तनको बाटो रोज्नुपर्ने बेला आएको उनले तर्क गरे। उनले भने, ‘राजनीतिको कोर्स अब भने परिवर्तन गर्नुहुँदैन।’ 

नेपालमा अब राजनीतिक स्टन्टको कुनै आवश्यकता नरहेको उनले औंल्याए। यस्तो बाह्र–सत्ताइस खेलले मुलुकलाई नै अस्थिरता र मध्यावधितर्फ धकेल्ने संकेतहरू देखा पर्दै गएको उनले दाबी गरे। 

दलहरू समयमै संवेदनशील हुनुपर्ने आवश्यकता रहेको धारणा उनले व्यक्त गरे। ‘राजनीतिक दलहरूले चेत्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘चुनावको मतपरिणाम हेर्दा कसैको बहुमत नआएकाले अब दलहरू सुध्रिनुको अन्य कुनै विकल्प छैन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.