अर्थमन्त्रीले सेट गरे आफू अनुकुलको टिम, कुन महाशाखा प्रमुख को ?

अर्थमन्त्रीले सेट गरे आफू अनुकुलको टिम, कुन महाशाखा प्रमुख को ?

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा व्यापक हेरफेर गरेका छन्।

नतिजा दिने गरी अर्थ हाँक्नका लागि उनले आफ्नो टिम सेट गरेका हुन्। उनले अनुभवी सहसचिव ल्याएर नतिजा दिने गरी अर्थ हाँक्ने कामलाई गति दिएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकबाट सेवन्तक पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट श्रीकृष्ण नेपाल, राष्ट्रिय योजना आयोगबाट धनीराम शर्मा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश पोखराबाट राम प्रसाद आचार्य, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट रमेश अर्याल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट झक्क प्रसाद आचार्य अर्थ मन्त्रालयमा सरुवा भएका छन्। 

मन्त्रालयमै रहेका सहसचिवहरूलाई पनि यथोचित महाशाखामा सरुवा गरिएको छ। उनीहरू मन्त्रालयमा नतिजा दिने गरि काम गर्ने सहसचिव मानिन्छन्। धेरैजसो सहसचिवले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा र विष्णु पौडेलको अघिल्लो कार्यकालमा सघाएका थिए।

प्रवक्तासमेत रहेका योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव आनन्द काफ्ले र कानून तथा फैसला कार्यानवयन महाशाखा प्रमुख डा. अर्जुन कुमार खड्का सोही महाशाखा र जिम्मेवारीमा यथावत् छन्। 
 
यसअघि ईश्वरी अर्याल अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखामा, सुमन दाहाल वित्तीय संघीयता समन्वय महाशाखा, रितेश शाक्य बजेट महाशाखामा थिए। यी तीनै जनालाई महाशाखा फेरबदल गरिएको हो।

अर्थ मातहतमा ल्याइएका सेवन्तक पोखरेललाई भन्सार विभागको उपमहानिर्देशक र शिवलाल तिवारीलाई भन्सार जाँचपास कार्यालय प्रमुख बनाइएको छ। अर्थमन्त्री पौडेलले भन्सार विभाग प्रमुखमा चक्र बुढा र आन्तरिक राजस्व विभागमा दीर्घराज मैनालीको जिम्मेवारी यथावत् राखेका छन्। 

मन्त्रिपरिषदले हिजोमात्र सहसचिवको सरुवा गरेको थियो। जसअनुसार अर्थ मन्त्रालयमा ६ अनुभवी सहसचिव भित्रिएका थिए। मन्त्री पौडेलले अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरे ल्याएका थिए।

कुन महाशाखा प्रमुख को ?

श्रीकृष्ण नेपाल - अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा

धनीराम शर्मा - बजेट तथा कार्यक्रम महाशाखा

झक्कप्रसाद आचार्य - वित्त क्षेत्र व्यवस्थापन तथा स‌ंस्थान समन्वय महाशाखा

लक्ष्मीप्रसाद निरौला - प्रशासन महाशाखा

इश्वरीप्रसाद अर्याल - वित्तीय संघीयता समन्वय महाशाखा

रितेशकुमार शाक्य - राजस्व व्यवस्थापन महाशाखा

सुमन दाहाल - आर्थिक नीति विश्लेषण महाशाखा

कमलप्रसाद भट्टराई - सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र

सेवन्तक पोखरेल - उपमहानिर्देशक, भन्सार विभाग

शिवलाल तिवारी - प्रमुख, भन्सार जाँचपास परीक्षण कार्यालय
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.