बालिकाको हत्याका आरोपी साहलाई जन्मकैदको सजाय

बालिकाको हत्याका आरोपी साहलाई जन्मकैदको सजाय
सुन्नुहोस्

महोत्तरी : बालिकालाई अपहरण गरी हत्या गरेको भन्दै महोत्तरी जिल्ला अदालतले बर्दिबास-१४ का अरुणकुमार साहलाई जन्मकैदको सजाय सुनाएको छ। 

२ वर्षअगाडि स्थानीय सादम आलमकी ६ वर्षीय छोरी गुलावसा खातुनलाई अपहरण गरी हत्या गरेका उनलाई अदालतले सो सजाय तोकेको हो। 

न्यायाधीश रामचन्द्र खड्काको एकल इजलाशले साहलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो। 

पीडितलाई एक लाख रुपैयाँ क्षतिपुर्ति उपलब्ध गराउनका लागि समेत आदेश दिएको अदालतका स्रेस्तादार मदनप्रसाद जयसवालले बताएका छन्। 

साहमाथि अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यानको मुद्दा लगाइएको स्रेस्तादार जयसवालले जानकारी दिएका छन्। साह पुर्पक्षकै क्रममा जेलमा रहेका उनलाई अदालतले जन्मकैदको सजाय सुनाइएको हो।

२०७६ मंसिर ७ गतेका दिन शुभम् बस्तीबाट खातुन बेपत्ता भएकी थिइन्। घरबाट विद्यालय जानका लागि निस्किएकी बालिका खातुनको शव भोलिपल्ट साहको नै घर नजिक बोरामा प्याक गरी फ्याँकिएको अवस्थामा फेला परेको थियो। 

घरमै किराना पसल सञ्चालन गर्दै आएका साहले कोही नभएको मौका छोपी बालिकालाई अपहरण गरे। त्यसपछि रातिको सुनसान समयमा बालिकाको घरभित्रै हत्या गरे। 

बालिकाको शव घरनजिकै झाँडीमा आफूले फालिएको साहले प्रहरीसमक्ष वयान दिएका छन्। बालिका खातुनको शव मध्यराति क्षतविक्षत अवस्थामा भेटिएको थियो। त्यसपछि दोषीलाई प्रहरीले उम्काउन खोजेको भन्दै बर्दिबासका स्थानीयले आन्दोलन चर्काएका थिए। 

आन्दोलन नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउन्ड गोली चलाएको थियो। सोही क्रममा स्थानीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो। त्यसपछि २०७७ साल जेठ २ गतेका दिन अरुणकुमार साह विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.