नगरपालिकामा मौसम उपकरण जडान

नगरपालिकामा मौसम उपकरण जडान
सुन्नुहोस्

महोत्तरी : गौशाला नगरपालिका कार्यालयमा मौसम उपकरण जडान गरिएको छ। 

सोमबार दिउँसो नगरपालिकाको कार्यालयमा मौसमसम्बन्धी सम्पूर्ण जानकारी गराउने उद्देश्यले सो उपकरण जडान गरिएको हो।

उक्त प्रविधिले यस क्षेत्रको मौसमसम्बन्धी सम्पूर्ण जानकारी दिने नगरपालिकाले जनाएको छ। 

यसले बाहिरी र भित्रिको तापक्रम, वर्षाको मात्रा, प्रकाशको अवस्था, वायुको दिशा, प्रवेग र चाप, मौसमको पूर्वानुमान तथा जलवायु परिवर्तनबारे सूचना प्रवाह गर्ने नगरपालिकाका सूचना अधिकृत रन्जित वर्माले जानकारी दिए। 

यसले नगरपालिकाको जलवायु परिवर्तन तथा वातावरण संरक्षणसँग सम्बन्धित योजना तथा कार्यक्रम तर्जुमा गर्न विशेष मद्दत पुग्ने अपेक्षा गरिएको सूचना अधिकृत बर्माले बताएका छन्।

आकस्मिक रूपमा हुने गरेको जलवायु परिवर्तनबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न तथा विपद व्यवस्थापनमा समयमै आवश्यक तयारी गर्नसमेत सहज हुने नगरपालिकाले अपेक्षा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.